वैज्ञानिकहरुले सौर्यमण्डलमा ताराहरुका बीच एक रहस्यमयी वस्तु देखिएको बताएका छन् । नासाको सिएनईओएसले घोषणा गरेको छ कि उक्त वस्तु सेप्टेम्बरमा सौर्यमण्डलमा छिरेको थियो र सौर्यमण्डलको कक्ष घुमिरहेको छ ।
बताइएअनुसार उक्त वस्तु पृथ्वीभन्दा करिब १५ मिलियन माइलको दुरीमा आइसकेको छ । नासाका सिएनईओएसका अनुसन्धानकर्ताले सौर्यमण्डलमा केही भएको दाबी गरेका छन् तर यस विषयको पत्ता लागेको छैन कि त्यो वस्तु के हो ? यद्यपी उक्त वस्तुले पृथ्वीलाई कुनै पनि खतरा पैदा नगर्ने बताइएको छ ।
केही वैज्ञानिकहरुका अनुसार उक्त वस्तु सौर्यमण्डलभन्दा बाहिर छ र एकपटक बाहिर गएपछि कहिल्यै पनि फर्कँदैन । नासाका एक वैज्ञानिकले उक्त वस्तु आफूले देखेको र एकदम तिव्र गतिमा घुमिरहेको बताए । उनले उक्त वस्तु कहिल्यै नफर्कने कुरा सही भएको उल्लेख गरे ।
-एजेन्सीहरुको सहयोगमा