समाचार

बझाङमा ट्र्याक्टरको ठक्करबाट म्यादी प्रहरी घाइते

अनलाइन नेपालगंज

बुधबार, २२ कार्तिक २०७४
बझाङ : ट्र्याक्टरको ठक्करबाट बझाङमा मंगलबार साँझ एक म्यादी प्रहरी घाइते भएकी छन्। तालिम केन्द्रबाट कोठामा फर्किने क्रममा सदरमुकाम चैनपुर बजारमा ट्र्याक्टरले ठक्कर दिँदा खप्तडछान्ना गाउँपालिका घर भएकी २३ वर्षीया रोजिना धामी घाइते भएकी हुन्।
उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। ठक्कर दिने ट्र्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनको टाउको र पिठ्यूँमा चोट लागेको बताइएको छ।