खेलकुद

म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सी चौथो स्थानमा

अनलाइन नेपालगंज

सोमबार, २० कार्तिक २०७४

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै लिगमा चौथो स्थानमा उक्लिएको हो।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा मोराटाले गोल गरेका थिए। त्यही गोल नै चेल्सीको जितमा निर्णायक बन्यो।

गएरातिको हारपछि युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले पछि परेको छ। युनाइटेडको ११ खेलबाट २३ अंक भएको छ । सिटीको ३१ अंक छ । तेस्रो स्थानको टोटनह्यामको पनि युनाइटेड समान २३ अंक भएको छ। चौथो स्थानमा रहेको चेल्सीको २२ अंक भएको छ।