समाचार

काठमाडौंबाट जाजरकोट जादै गरेको बस बाँकेमा दुर्घटना

अनलाइन नेपालगंज

सोमबार, २० कार्तिक २०७४

काठमाडौंबाट जाजरकोट जादै गरेको बस बाँकेको अगैया नजिक दुर्घटना भएको छ ।

दुर्घटनामा परेर १२ जना घाइते भएका छन् भने घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ना ६ ख ४०२ नम्बरको रात्रीबस बिहान साढे ६ बजेतिर पुर्व पश्चिम राजमार्गको अगैया देखि ४ किलोमिटर पश्चिमतर्फ दुर्घटना भएको हो ।

घाइतेहरुको उद्वार गरेर प्रहरीले उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाएको छ । बसका चालक र सह–चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।