राजनिति

महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेसको उम्मेदवारी फिर्ता

अनलाइन नेपालगंज

आईतवार, १९ कार्तिक २०७४

नेपाली कांग्रेस राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई समर्थन गर्ने भएको छ।

ठाकुरलाई समर्थन गर्दै कांग्रेसले उनी उठेको क्षेत्र महोत्तरी– ३ मा उम्मेदवारी फिर्ता लिएको छ।
सो क्षेत्र कांग्रेस बरजंग नेपाली उम्मेदवार बनेका थिए।

महोत्तरी कांग्रेसका सभापति महेन्द्रकुमार रायले केन्द्रीय निर्देशन अनुसार उम्मेदवारी फिर्ता लिएको बताए।

‘पार्टीको निर्देशनअनुसार हामीले उम्मेदवारी फिर्ता लिएका छौं,’ रायले सेतोपाटीसँग भने।

निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय दिएको थियो।

यसअघि कांग्रेस र राजपा–फोरमबीच चुनावी तालमेलको प्रयास भए पनि त्यो सफल हुन सकेको थिएन।