अर्थ/बजार

सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

अनलाइन नेपालगंज

आईतवार, १९ कार्तिक २०७४

काठमाडौं, कात्तिक १९– सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ घटेको छ । सुन आइतबार तोलाको ५५ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।