खेलकुद

पश्चिम नेपालकै पहिलो फुटसल सुर्खेत

अनलाइन नेपालगंज

शुक्रबार, १० कार्तिक २०७४

सुर्खेतको वीरेन्द्रनगरमा एमएनएस फुटसल तथा हेल्थ फिट्नेस क्लवको स्थापना भएको छ ।
पश्चिम नेपालकै पहिलो फुटसल तथा हेल्थ फिट्नेस क्लव औपचारीक रुपमा यहि कार्तिक २४ गते उद्धघाटन गरिने संचालक हरि विष्टले जानकारि दिएका छन् । करिव ३ करोडको लागतमा फुटसलको स्थापना गरिएको संचालक विष्टले बताए । उनले भने, सानैदेखी खेलकुदमा निकै रुचि भएकाले पनि खेलकुदको क्षेत्रमा केहि गर्ने उदेश्यका साथ फुटसल संचालनमा ल्याउन लागेको वताए । स्वस्थ शरिरले मात्र समाज निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ फुटसल तथा हेल्थ फिटनेस क्लवको स्थापना गरेको उनले वताए ।

उनले विहान ६ बजेदेखि राती १० बजेसम्म खेलाडीहरुका फुटसल खुल्ला रहने व्यवस्था मिलाईएको वताए । त्यसका लागि रातीको समयमा प्रतिघन्टा २ हजार, विहान र बेलुकाको समयमा १८ सय र दिउँसोको समयमा एक हजार पाँच सय शुल्क निर्धारण गरिएको समेत उनले वताए । फुटसलको मासिक, त्रैमासिक,अर्धवार्षिक तथा वार्षिक सदस्यता वितरण गर्ने र सदस्यहरुका लागि सहुलियत पाइने समेत संचालक विष्टले बताए ।

उनले फुटसलसहित साउना÷स्टिम बाथ, महिला तथा पुरुषका लागि व्युटिपार्लर, मल्टिजीम क्लव, मेसिनद्वारा गरिने चियर मसाज, संचालनमा ल्याउने अन्तिम तयारि रहेको समेत वताए । यस्तै फुटसल संचालन पछि साल्सा ,जुम्बा डान्स, योग शिविर र साधना गृह पनि संचालनमा ल्यार्ईने वताए ।

विष्टले उद्घाटन अगावै फुटसलमै विभिन्न टिमहरु दर्ता गरि खेल आयोजना गरि म्याचमा प्रथम हुनेलाई १ लाख १ रुपैयाँ र दोश्रोलाई ५० हजार राशिको पुस्कारको व्यवस्था गरिएको बताए । उनले सुर्खेतमा रहेका वृद्धवृद्धाहरुका लागि विहान ४ वजे देखी ५ वजेसम्म निशुल्क रुपमा योगा समेत गराउने वताएका छन् ।
यस्तै उद्घाटनमा विभिन्न राष्टिय कलाकारहरुको पनि उपस्थिति रहने विष्टले जानकारी दिएका छन् । २४ गते विहान फुटसल उद्धघाटन पछि राष्टिय कलाकारहरुको विभिन्न प्रस्तुतिहरु रहने उनले वताए ।