बिचार

धमेन्द्र बास्तोला भन्छन- मालेमाकाको विकासतिर आरसीपी अमेरिकाले महत्वपूर्ण बहस छेडिरहेको छ ।

अनलाइन नेपालगंज

मंगलवार, ७ भाद्र २०७३

काठमाडाैँ,नेकपा माओवादीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद लेनिनवाद र माओवादको विकासमा क्रान्तिकारी कम्युनिस्ट पार्टी अमेरिका (आरसीपी) ले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् ।आरसीपीका अध्यक्ष बब अभायकिनले लिएको पछिल्लो सिद्धान्तले मालेमाको विकासमा नयाँ प्रयत्न गरेको नेता बास्तोलाको भनाई रहेको छ ।बास्तोलाले आरसीपीका अध्यक्ष बब एभाकियनद्धारा विगतमा समाजवादी सत्ता क्रान्ति सम्पन्न गर्ने नेतृत्वको मृत्युपछि किन विघटन हुन पुगे भन्ने विषयलाई गहिरो गरी पकड्नुपर्ने कुरालाई आजका क्रान्तिकारीहरुले निकै महत्वका साथ हेरिनु पर्ने बताएका छन् ।पार्टीको मुखपत्र जनक्रान्तिमा लामो लेख्दै नेता बास्तोलाले मालेमालाई नयाँ उचाइँमा विकास गर्नेतिर आरसीपी अमेरिकाले महत्वपूर्ण बहस र छलफल चलाएको बताएका छन् ।

मालेमा विकासमा आरसीपीले कसरी महत्वपूर्ण भूमिका खेल्न प्रयत्न गरिरहेको छ त भन्नेबारे नेता बास्तोला लेख्छन्–

माओवादी आन्दोलनभित्र मालेमाको विकासको विकास गर्ने दोसो प्रयत्न क्रान्तिकारी कम्युनिस्ट पार्टी अमेरिकाले गरिरहेको छ । समाजवादी सत्तामा देखापरेका तमाम जटिलताहरु र त्यसका सकारात्मक पक्षहरुलाई गहिराइकासाथ अध्ययन गर्दै मालेमावादलाई दह्रोगरी पकड्ने र नकारात्मक पक्षहरुलाई सचेततापूर्ण तरिकाले वैज्ञानिक मान्यताका आधारमा स्पष्ट गर्ने, त्यसले पैदा गरेका विभ्रमहरुलाई स्पष्ट गर्ने तथा अहिलेसम्म विकास भएको विज्ञानका आधारमा मालेमावादलाई नयाँ उचाइमा विकास गर्ने लक्ष्यसहित आरसीपी अमेरिकाले केही महत्वपूर्ण बहसहरु छलफलका लागि प्रस्ताव गरेको छ ।’

आरसीपी अध्यक्ष बब अभायकिनले कसरी मालेमा विकासतिर जोड दिन खोजिरहेका छन् त भन्नेबारे बास्तोला भन्छन् –

‘यसमा दर्शन र तरिका, अन्तर्राष्ट्रियवाद, सर्वहारा अधिनायकत्व र क्रान्तिका लागि रणनीतिक शैली गरी चार प्रकारका विषयमा मालेमावादलाई अझ गहिराइमा बुझ्ने प्रयत्न गरिएको छ । आरसीपी अमेरिकाले अहिलेको दुनियाँमा मालेमावादमा विकास गर्ने कुरा समाजवादी क्रान्तिको दोस्रो चरण अथवा नयाँ छालको विकाससँग सम्बद्ध भएको देखाउन खोजेको छ ।

बब एभाकियनले विगतका समाजवादी सत्ता क्रान्ति सम्पन्न गर्ने नेतृत्वको मृत्युपछि किन विघटन हुन पुगे भन्ने विषयलाई गहिरो गरी पकड्नुपर्ने बताएका छन् । त्यसका पछि सफल नेतृत्वको आफ्नै सबल पक्ष हुँदाहुँदै कतिपय वैचारिक एवम् दार्शनिक कमजोरीहरु रहने र ती कमजारीहरुलाई पछिका नेताहरुले द्धन्द्धात्मक भौतिकवादका रुपमा नबुझी त्यसलाई धार्मिक अन्धविश्वास वा अन्धानुकरणका रुपमा बुझ्ने समस्याका कारण यसप्रकारका समस्या निस्कने बताउँछन् ।’

दर्शनको क्षेत्रमा विगतमा कम्युनिस्टहरुको समस्या कस्तो रह्यो ? नेता बास्तोला बबको तर्कलाई यसरी प्रस्तुत गर्छन् –

‘दर्शनको क्षेत्रमा कम्युनिस्टहरुमा तमाम गलत प्रवृत्तिहरु कहाँबाट पैदा हुन्छन् भन्ने प्रश्नको समाधान दिन खोजेको देखिन्छ । उनको विश्लेषण छ– दर्शनको क्षेत्रमा बबले माक्र्सवादलाई विज्ञानको गहिराइबाट बुझ्नुपर्ने बताउँछन् । यस गर्दा माकर्सवादबाट अहिलेसम्म जति ऐतिहासिक प्रयोग भएका छन्, कम्युनिस्टहरुले त्यसबाट शिक्षा लिनुपर्ने र साम्यवादका आधारभूत नियमहरु ग्रहण गर्दै कतिपय पक्षहरु जो प्रयोगबाट गलत साबित हुन्छन्, त्यसलाई सच्याउनुपर्छ र कतिपय गलत विषयलाई हटाइदिनुपर्छ भनेका छन् ।

बबको तर्क रहेको छ– माक्र्सको समयदेखि नै नकारको नकार भन्ने मान्यता स्थापित थियो । तर यो मान्यतापछि माओको समयमा आउँदा नकारको सकार भन्ने गरी बुझ्न थालियो । यद्यपि दर्शनमा यो बुझाईले अन्ततः अनिबार्यताको नियममा लैजान सक्छ । जस्तै समान्तवादको निषेध पुँजीवादले गरेको हो भने पुँजीवादको निषेध पनि समाजवादले गर्नेछ र यो अनिवार्य पमा अथवा आपसेआप हुनेछ भन्ने बुझाइमा लैजान सक्छ ।’

स्टालिन र माओको निधनपछि विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्टहरुको कमजोरी के रह्यो भन्नेबारे नेता बास्तोला यसरी लेख्छन् –

‘यसप्रकारको बुझाइको परिणाम कि त क्रान्ति नगर्नु हुनेछ वा भएको सत्ता पनि ठीक किसिमले सञ्चालन गर्न नसक्नु र अन्ततः प्रतिक्रान्तिमा फर्कनु हुनेछ । यसप्रकारका विचारहरुलाई सच्याउनु र माओले त्यसबाट क्रमभंग गर्नुृभएको थियो । तयति हुँदाहुँदै पनि कतिपय स्टालिनका कमजोरीको प्रभाव स्वाभाविक रुपमा माओमा परेको थियो ।

यसप्रकारको समस्या अन्तर्राष्ट्रियताको सम्बन्धमा देखा पर्छ । समाजवादी सत्तालाई अन्तर्राष्ट्रियतावादी आन्दोलनको आधार क्षेत्र बनाउने भन्दा पनि समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने अन्तर्राष्ट्रिय आन्दोलनभन्दा माथि समाजवादी सत्तालाई राखेर हेर्ने रुझान समाजवादी नेताहरुमा रहेको आरसीपीको भनाइ छ । यसप्रकारको समस्या त्यतिबेलाको समाजवादी सोभियत संघ र चीनमा समेत देखिएको बबको भनाइ छ ।’