राजनिति

पिछडिएको क्षेत्र प्रतिनिधीत्व गर्दै विकल जंग शाहीले गरे उम्मेवारी घोषणा

अनलाइन नेपालगंज

सोमबार, ३१ श्रावण २०७३

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको निर्वाचन प्रक्रिया अब नरोकिने भएको छ । यस प्रक्रिया संगै अब नेविसंघमा मतदान हुने निश्चित भएको छ ।

सो क्रममा प्रदेश नं ६ बाट नेविसंघका नेता विकल शाहीले पिछडिएको क्षेत्रको प्रतिनिधीत्व गर्दै उम्मेदवारी घोषणा गरेका छन । सबैमाझ प्रिय शाही केन्द«मा समेत प्रभाव पार्न सक्ने नेताको रुपमा परिचित छन ।

अबको नेविसंघ चन्दा आंतक, बाट मुक्त, पारर्दशि र स्पष्ट योजनामा काम गर्न सक्ने हुनुपर्दछ । केन्द«मा बसेर हैन दुर्गम देखी विकट क्षेत्रहरुका हरेक युवा विद्यार्थीहरुका माझमा नेविसंघ पुग्नुपर्दछ । यसैका लागि मेरो उम्मेदवारी हो उनले बताएका छन ।