भौतिक मल्ल
“ब्युझिदा शरीर पुरै निदाएको थियो । ढुँगाले खुट्टा च्यापीएको रहेछ । तर दुखीरहेको थिएन । उठन खोजे उठनै सकिन । शरीरमाथि सोतर स्याउला र माटो थियो । पुरै शरीर रगतले लतपतिएको थियो । देब्रे हात गलिसकेको जस्तो लाग्यो । ‘शरीर आफ्नो हो की अर्कैको ?’ मन झसङ्ग भयो । त्यसपछि मलाई घटनाको याद आयो । गोली हानेर पूरिएको थियो । वरपर साथी थिए । तर, उनीहरु सबै शब भइसकेका थिए ।”
आँखाभरि आँशु राख्दै कहालीलाग्थो आत्मकथा कहने मोहन बिसी माओवादी पूर्व लडाकु हुन् । ०५८ सालमा माओवादीमा पूर्णकालिन बनेका बिसी द्वन्द्वकालमा नेपाली सेनाको गिरिफ्तारमा परेका थिए । विसी सहित ४ जना जाजरकोटकै कमरेड पार्टी कामको शिलशिलामा जुगाथापाचौर र सिमाको सिमानामा रहेको स्यापीमा पुगेका थिए । त्यहीं उनीहरुलाई तत्कालीन शाही सेनाले छोप्यो । सवै जनाको आँखामा पट्टि बांधियो । एउटै रसीमा वाँधेर लाईन लगाएर कहांँ लगियो ? केही थाहा भएन । यातनाको के कुरा भयो र ? उनलाई आफुलाई दिइएको यातनाभन्दा सँगै पक्राउ परेकी प्रणाली माथि बलत्कार हुँदा असह्य हुन्थ्यो । प्रणालीको चित्कारले उनको मुटु छिया छिया हुन्थ्यो ।
मृत्युयात्रा
मोहनलाई छिटो मर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । गोली हाने पनि बरदान दिए जस्तो हुने भइसकेको थियो । बन्दुकको कुन्दाले उनको शरीर थिलो थिलो परेको थियो । पछिपछि त चोट भन्ने महशुशसमेत हुन छाड्यो । उनीहरुले अनुमान गरे सीमा गाविसको जङ्गलमा पु¥याइयो । र, सजिलै अन्दाज गरे ‘मार्नलाई ल्याइयो ।’
मान बहादुर कठायत ध्रुब, प्रेम बहादुर अधिकारी प्रदेशी, मोहन बिसी र प्रणाली पुन मगरलाई लाइनमा राखियो । उनीहरुमाथि क्रमशः गोली ठो कियोे । तेस्रो नम्बरमा रहेका बिसी पनि गोली लागेर ढले । ‘मर्ने बेलामा डर भन्ने हुंदोरहेनछ ।’ उनले अदभुत अनुभव सुनाए ।गोली लागेपछि उनको होस गुम्यो । होसमा आउंदा उनी खाडलमा स्याउला र माटोले पुरिइसकेका थिए । छेवैमा लहरै राखिएका साथी हलचल नगरी लम्पसार परेका थिए । मोहनलाई लाग्यो,‘न शाही सेना वरपर छ भनेर मरेको बाहना गरिरहेका छैनन् ?’ होइन रहेछ साथीहरु वास्तवमै मरिसकेका रहेछन् ।
साथीहरुको शरीर हेर्नै नसक्ने गरी क्षतपिच्छेद र रगतपच्छे भएको थियो । प्रणालीको शरीरमा त उनले आंखा लगाउन पनि सकेनन् । उनी एकोहोरो रोइरहे । जब मन शान्त भयो । उनको मनमा डर पलायो ‘ला † फेरी सेना आयो भने ?’ उनी जुरुक्क उठेर सुइकुच्चा ठोक्न खोजे । तर, शरिर उठाउनै सकेनन् । शरीर नै ज्यानका लागि भारी भइसकेको थियो ।
घिस्रिएर उनी खाडलबाट बाहिर निस्किए । २०५९ साल कात्तिक १८ गते मानबहादुर बिसी उर्फ मोहन बिसीले नयाँ जन्म पाए । अरु तीन जनाजस्तै उनलाई पनि छातीमा गोली हानिएको थियो । तर, एउटै रसीले वाधीएका सवजनालाई छातीमै गोली हान्दै जादा र ढल्दै जादा विसीको छातीमै शाही सेनाले हानेको गाली ढल्दै गएका साथीहरु वाधीएको रसीले तानेने पछि छातीमा ताकेको गोली बाँया हातको काँधमा लाग्यो । गाली लागेका विसी डङरङ्गै भुइमा पछारिए । शरीरभरी रगत फैलियो । सेनाले मरेकै सम्झियो । सबैलाई एकै ठाँउमा पुर्यो । आफनो मिसन पूरा भएपछि सेना फर्कियो । मोहनको जीबन पनि बांकी रह्यो ।
सेनाले गोली हान्नु पहिला मात्र आमालाइ सम्झे
उनी क्रान्तिका लागि मर्न समेत तयार भएका थिए । तर, मर्नै लाग्ने बेलामा उनले आमालाई सम्झिए । आमालाई सम्झिएपछि उनको आँखा रसायो । झनै पीडा भयो । बरु चाँडो गोलि हाने हुंने भने जस्तो भयो । उनी एक तमासमा टोलाइरहे । ढ्याङ्ग एम १६ को २ राउन्ड गोली उनको छातीतर्फ सोझियो । आमाको आर्शिबाद निशाना थोरै भएपनि चुक्यो । त्यसपछि उनलाई झन सकस भयो । सेनाको लिष्टमा उनी मरिसकेका थिए । बाँचेको थाहा भए फेरी मारिन्थे । जसो तसो उपचार गरेर उनी बाँचे र पार्टी काममा सक्रिय भए । नाफाको जिन्दगी पाएका उनी फेरी माओबादी लडाकु भए ।
मृत्यु त जितियो, राज्यसत्ता कसरी नजितिएला भन्ने उनको विश्वास थियो । साथीको रगतको आहलमा घण्टौं पछारिएका उनलाई सहिदको रगतले उर्जा दिइरन्थ्यो । तर, परिस्थिति बदलियो । माओवादी शान्ति प्रक्रियामा आयो । उनी ब्यारेकमा सिमित भए । पछि सेना समायोजनको प्रक्रिया शुरु भयो । उनको हैसियत बन्यो–बहिर्गमित लडाकु ।
लडाकु पसले
मृत्यु जितेर फर्केका मोहनले कहिल्यै सोचेका थिएनन् सुर्खेतको छिन्चुमा कोल्डस्टोर चलाएर जिन्दगी गुजारा गरिएला । मृत्यु वा मुक्तिको लडाइमा होमिएका मोहन अहिले लडाकु पसलेको पहिचान बनाएका छन् । नेताहरुले जे भनेका थिए, त्यो पूरा भएन । उनीहरुले बाटो बदले तर कार्यकर्तालाई बीच बाटोमै छाडे । जीवन निर्वाहका लागी पसले हुनलाई विसीले मृन्युको बाटो रोजेका थिएनन् । प्रणाली बलात्कृत भएर गोली ठोकी मारिएकी राज्य प्रणाली परिवर्तनका लागि थियो । उनलाई विगत सम्झदा झनै भाउन्न छुट्छ । आफुजस्तै हजारौं युवामाथि धोका भएको उनको ठहर छ । साभार नेपाल अाज