स्वास्थ्य

जलबायु परिवर्तनसंगै आदिवासी जनजातिहरुको जनजीवन पनि प्रतिकुल वन्दै

अनलाइन नेपालगंज

सोमबार, २० असार २०७३

रेखा मगर

 दाङ, जलबायु परिवर्तनसंगै आदिवासी जनजातिहरुको जनजीवनमा प्रतिकुल असर पर्दै भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । वर्षेनी पृथ्वीमा वढ्दै गएको तापक्रम, नासिदै गएको प्राकृतिक सम्पदा र आधुनिक जीवनशैलीका कारण आदिवासी जनजातिहरु प्रत्यक्ष मारमा गर्दै गएको निश्कर्ष निकालिएको हो ।

dang

नेपाल आदिवासी जनजाति महासंघ त्रिपुर नगर समन्वय समिति दाङको आयोजनामा आदिवासी जनजातिका लागी आइ.एल.ओ सम्वन्धि ३ दिने अभिमुखीकरण तालिमका सहभागीहरुले यस्तो निश्कर्ष निकालेका हुन । अभिमुखीकरणमा सहभागीहरुले विकासका नाममा भएका गरेका गतिविधीले आफुहरुको जीउने आधार धरासायी हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्दै गएको वताएका हुन ।

उद्योग स्थापना गर्दा आफुहरुको अवस्था अध्ययन नगरी वस्ती छेउछाँउमै सिमेन्ट, इट्टा लगाएतका उद्योगहरु स्थापना गर्दा र फोहोर व्यवस्थापनमा उचित सतर्कता नअपनाँउदा आफुहरुलाइ दिर्घकालिन समस्या आइपर्ने गरेको सहभागीको भनाइ छ । पहाडी क्षेत्रमा नासिदै गएको वनजंगल, हिमाली क्षेत्रमा उजाडिदै र वढ्दै गएको सुख्खापन तथा तराइ क्षेत्रमा खेतियोग्य जमिन नासिदै जाँदा अन्य समुदायको वाहुल्यता वढ्दै जाँदा जनजातिहरुको पेशा, व्यवसाय तथा रहनसहन तथा दैनिकीमा असर पर्दै भएको उनीहरुले वताएका छन ।

यसैविच, ३ दिने तालिमको एक कार्यक्रमका विच समापन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ त्रिपुर नगर समन्वय समितिका कार्यवाहक अध्यक्ष धु्रव बाँठा मगरको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ दाङका सदस्य टेकमान वुढाको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो । सो अवसरमा आदिवासी जनजातिका नेता तथा अगुवा, राजनैतिक दलको सहभागिता रहेको थियो ।

तालिममा आदिवासी जनजाति को हुन, नेपाल सरकारले आइ एल ओ का महासन्धिप्रति निभाउनुपर्ने दायित्वहरु, आदिवासी जनजातिका समस्या तथा समाधानका उपायका विषयमा छलफल गरिएको थियो । ३५ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा सोम धिमाल र सहप्रशिक्षकमा चन्द्रप्रसाद चौधरी रहनुभएको थियो । तालिम समापन कार्यक्रमको सहजीकरण राजेश चौधरीले गर्नुभएको थियो ।।