बिचार

यस्ताे छ दोस्रो हुन नजान्ने सत्य पहाडीको सत्य वाटो

अनलाइन नेपालगंज

सोमबार, १३ असार २०७३

हेमन्त के सी

कर्णाली अञ्चलको अत्यन्त विकट जिल्ला डोल्पाको विकट गाउँमा जन्मिनु भएकी सत्या पहाडी एउटा राजनैतिक लिडर मात्र नभएर साहित्य यात्राको भिन्न नाम पनि हो । २०३४ साल असोज ७ गते लिकु गाविसको वडा नं ४ मा जन्मिनु भएको हो पहाडी । पहाडी वाल्यकालमा नै निकै परिवर्तनको पक्षमा उभिने एक सिर्जनशिल भएको उहाँका नजिकका साथीहरुको भनाई छ । हुने विरुवाको चिल्लो पात भनेझै उहाँ तत्कालीन जनप्रवाह मावि लिकुमा कक्षा ४ मा पढ्दै गर्दा लोकगीत प्रतियोगितामा प्रथम हुनुभएको थियो ।

satya pahadi

 

उहाँले पहिलो प्रतियोगितामा सेतो पटुकी कम्मर कसैला, मन परेको दिदी वैनी संगै वसौला भन्ने वोलको गीतमा प्रथम हुनु भएको थियो ।१३ वर्षको उमेरमा पाटी सदस्या पाउन सफल हुनुभएकी पहाडी विद्यालयमा संगठन विस्तार गर्न लाग्दा समेत विद्यालय वाट निकालीनु भएको थियो । उहाँ लगाएत ८ जनालाई विद्यालयमा राजनिती गरेको आरोप लगाएर निकालेको भएपनि जहिले पनि पढाईमा अव्वल भएका कारण पहाडीलाई विद्यालयले थमैती गरियो । तर अन्य ७ जना वाहिर जिल्लाका भएका आरोप लगाउदै विद्यालयमा पढ्न पाँउने अधिकार वाट वन्चित गरियो ।

२०४६ सालमा जनआन्दोलन सफल पार्नका लागी भित्ते लेखन लगाएतका काम भुमिगत रुपमा गदै अगाडी वढ्दै गर्दा यही विचमा उहाँले एसएलसी उर्तिण हुनुभयो । एसएलसी पास भएको वर्ष उहाँले , जुन विद्यालयले उहाँलाई राजनिती गरेको आरोप लगाउदै निकालेको थियो , सोही विद्यालयको शिक्षक वन्नु भयो ।
एउटा परिवर्तनको चिन्तनका साथ अगाडी वढेको व्यक्ती , विद्यालय मात्र पढाएर आप्नो सम्वृद्धी त होला तर समाजको परिवर्तनको संम्वृद्धी सफल नहुँने देखेपछि विद्यालयमा राजिनामा दिएर २०५२ सालमा भुमिगत हुनुभयो ।

उहाँले राजिनामा दिएर विद्यालय वाट वाहिरिदै गर्दा “व्यक्तीको झोला विसाए ,अव सामुयिक झोला वोक्ने निर्णय गदै आजवाट मेरा यात्रा सुरु भयो” भनेको कुरा त्यहाँका वुढापाखाहरु अहिले पनि सम्झीन्छन् । जुन सुकै प्रतियोगिता भएपनि विद्यालयमा प्रथम स्थान मात्र ल्याउने सत्या पहाडीको रिसले प्रतियोगितामा हारेका हरु प्रमाणपत्र समेत खोसेर लिने गरेको नमिठो वितान्त उहाँ सुनाउनु हुन्छ । कक्षा ७ मा पढ्दै गर्दा एउटा लोकगीत प्रतियोगितामा उहाँले गाएको गीत “राईफल मेसिन गण , वोकेर हिड्यौ झै हुन्छ मेरो मन” भन्ने गीतले निकै चर्चा पाएको सवै उमेर ढल्केका स्थानियहरु वताउछन् ।

हिजोका दिनमा यस्तो गीत सुनेर अच्चमा लाग्यो आज उही मानिस देश चलाउने स्थानमा पुगेको देख्दा गर्भ लागेर आउने लिकुको स्थानियहरु वताउछन् ।
घर परिवारले जागिर खा भन्दा पनि पारिवारीक विद्रोह गदै अगाडी वढ्नु भएकी पहाडी अहिले देशकौ मुल राजनितीको पहँुचमा रहनु भएको छ । डोल्पा जिल्लाको सभाषद मात्र नभई शान्ति मन्त्री सम्म भईसक्नु भएको छ पहाडी । अहिले डोल्पालाई नचिन्ने र डोल्पा भन्न साथ हेपेर वोल्नेहरु उहाँलाई भेटेर डोल्पाको विचार विर्मश गर्न समय मिलाउने गर्दछन् । देश र विदेशमा निकै ठुलो संर्घष सिल दिनहरु विताएर , जेल जीवन समेत विताउनु भएकी पहाडी नेपाली साहित्यमा निकै नै अगाडी हुनुहुन्छ ।

यूद्धको वेला जेलवाट पनि साहित्य सिर्जना , संगठन निर्माण गदै साहित्य सिर्जना गदै अगाडी वढ्नु भएकी पहाडीको ईतिहास नेपाली महिलाको मुक्ती आन्दोलन र देशको राज्यव्यस्था परिवर्तनमा निकै ठुलो हात रहेको छ ।

यस्तो छ उहाँको साहित्य यात्रा

जनयूद्धमा हजारौ हप्ठयाराहरु छिचोल्दै , भोको पेट अनी अभावै अभावको विचमा एक जना महिलाले कसरी आप्नो यात्रा तय गनुभयो होला । निश्चित नै ठेक्का सोच्दा त्यो यूद्ध कति निर्मम थियो , कति समस्या पुर्ण थियो । वम वारुद संग लुकामारी गर्नुपर्ने आधा पेट खाएर पनि खुसी व्यक्त गर्नुपर्ने एक पटक कल्पना गनुृहोस त आफु संगैको साथी लड्दा लडेदै सहिद भएको । यहि यूद्धको एक कुशल पात्र हुन सत्य पहाडी । उहाँको हातमा एकातिर राजनैतिक आन्दोलनको मोर्चामा होमिनु पर्ने र अर्को हो नेपाली साहित्य अनि कला कारितालाई विकास गदै नेपाली मुक्ती आन्दोलनमा सहभागीता जनाउनु पर्ने । विद्यालय उमेर देखी नै कहिले पनि दोस्रो वन्न नजाँनेकी पहाडी नेपाली साहित्यमा पनी दर्जन साहित्य सिर्जना आम पाठक सामु ल्याईसक्नु भएको छ ।

उहाँले यूद्धको वेलामा रत्न केसी लगायताको नामवाट जनादेश,जनदिशा लगाएतका प्रत्रिकामा थुपै कविता,कथा,संस्मण प्रकासित भईसकेका छन् । त्यसमध्ये पर्खाल भित्रको सन्देश आगो,लाभा,हुरी ,मृत्यूञ्जली यात्रा र फरजीका विरुद्धमा लगाएतका कृतीहरु प्रकाशित भईसकेका छन् । उहाँले जेलभित्र सिर्जना गरेका कयौन रचनाहरु सेनाले नष्ट गरेको थियो । भनिन्छ , भावना विचारको प्रारभिक तह हो तर भावुकताले विचारको तहलाई घटाई दिन्छ । सहि विचार त सहि वस्तु स्थिति र भोगाईवाट जन्मिन्छन् । विचार विनाको भावना केवल ढुङ्गा मात्र हुन्छ । जसले व्यवहारिक रुप लिन सक्दैन । व्यवहारमा नउतारिको भावना पनि कोरा नै हुन्छ ।

हामीले नाँपेको मृत्यूञ्जयी यात्रामा तथ्य सिद्ध वैज्ञानिक विचार र सिद्धान्तलाई पथ प्रर्दशक सिद्धान्त वनाऔ विजयको यात्रा केही हत सम्म कोर्न सफल भयौ भनेर उहाँको प्रकासित कृतीमा उल्लेख छ । उहाँको भर्खरै मात्र वजारमा आएको अर्को कृती हो फरजीका विरुद्धमा । यसमा ५६ वटा कविताहरु समेटिएको छन् । कविताहरु सवै हिजोका दिनमा चलिरहेको समान्तवादी चिन्तन र राज्यव्यवस्थाले नेपाली जनजीवनमा दिएको पिडाको विरुद्धमा रहेको छ । सिमित मुठी भरका मानिसले मात्र यो देशको शासन व्यवस्था चलाउनु पर्ने , औश ,आराम गर्नुपर्ने लगातका कार्यहरुका विरुद्धमा यो कविता संग्रह लक्षित छ । यहाँ मालिकका कुरा होईन ,गरी खानेका पक्षमा कलम चलाएको छ ।

हामी फेरिए पनि हाम्रा मानसिकता फेरिनु पर्ने सो कविता संग्रहमा उल्लेख छ । एउटा दुर्गम गाउँमा जन्मिएकी सत्या पहाडी अहिले राज्यको निती निर्माण तहमा पुगेपनि उहाँका सोचहरुले भन्दै छन् अझै नेपाली जनताको मुक्तीका दिन आउन वाँकी छ । उहाँ आप्नो वाटो सोझिएर नभई सवै नेपालीको वाटो सोझीनु पर्दछ भन्ने कुरामा चिन्तित हुनुहुन्छ । उहाँका सिर्जनाले गर्दा नेपाली जनयूद्धलाई यो उचाईमा पुर्याउन महत्वपुर्ण हात रहेको स्वायम माओवादी अध्यक्ष प्रचण्डले मृत्यूञ्जयी यात्राको सुभकामना व्यक्त गर्नुभएको छ ।