राजनिति

युवा संघ बाँकेको अध्यक्षमा किशोर थापा विजयी

अनलाइन नेपालगंज

आईतवार, १२ असार २०७३

असार, १२ नेपालगन्ज । युवा संघ बाँकेको अध्यक्षमा किशोर थापा विजयी भएका छन । नवौं जिल्ला अधिवेशनमा नेत्तृवको लागि सहमती हुन नसकेपछि हिजो निर्वाचन भएको थियो ।

kisor thspa

अध्यक्षका अर्का उम्मेदवार खेमराज शर्मालाई ६ मतले पराजित गर्दै थापा विजयी भएका हुन । थापाले ९४ र शर्माले ८८ मत प्राप्त गरेको निर्वाचन समितीले जानकारी दिएकाे छ ।

सचिवमा कुश्माखर बस्याल विजयी हुनुभएको छ । अहिले एमाले पार्टी कार्यालयमा युवाहरुले खुसियाली मनाइरहेका छन् ।