राजनिति

बाँकेमा बन्दकाे पम्पलेट टाँस्दै गरेका अखिल क्रान्तिकारीका नेता पक्राउ

अनलाइन नेपालगंज

बुधबार, २६ जेष्ठ २०७३

विप्लव माओवादी द्वारा घोषणा गरिएको बन्दको पुर्व सन्ध्यामा बाँकेमा प्रहरीले केही कार्यकतालार्इ गिरपफतार गरेकाे छ ।  बिप्लव निकट अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य तथा भेरी ब्युरोका संयोजक चक्र बिसीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

२७ गतेको बन्दको लागी वर्चा पम्पलेट हरु टाँस्दै हिडेको समयमा ,जिल्ला अध्यक्ष भरत रावल जंगली र जिल्ला उपाध्यक्ष अंकित भट्टराई उदास र संयोजक बिसीलाई प्रहरिले पक्रेको बाँकेका सेक्रेटरी अशोक पोख्रेलले बताएका छन ।

पोख्रेलले राज्यले राज्य आतंक बढाएको र आतंक नरोके पार्टीले कढा संघर्षका कार्यक्रम ल्याउने बताएका छन ।