राजनिति

गंभीरा साहको ५० बिगाहा जमिन कब्जा ।

अनलाइन नेपालगंज

मंगलवार, २५ जेष्ठ २०७३

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादीले आज मंगलबारविहानै ६ बजे बारामा महासामन्तको रुपमा परिचित गंभीरा साहको ५० बिगाहा जमिन कब्जा गरेको छ ।सदरमुकाम कलयौदेखि १० किलोमिटर टाढा रहेको बाराकोगडहल विसनपुरुवास्थित सुखीपत्रा भन्ने ठाउँमा सय भन्दा बढी स्थानीय किसानहरुको उपस्थितिमा निज सामन्तको जमिन विप्लव माओवादीले कब्जा गरेको हो ।

निज सामन्त गंभीरा साहको बारामा मात्र १३ सय बिगाहा जमिन रहेको छ । साहले जालसाजी गरेर सयौं किसानको जमिन आफ्नो नाममा पारेको भन्दै विप्लव माओवादीले सो जग्गा कब्जा गरेको बताएको छ ।किसानहरुको मोहियानी हकसमेत नदिइ गुण्डाहरुको बलमा साहले किसानहरुमाथि चरम शोषण गरेको रिपोट आएपछि विप्लव माओवादी बाराले यस्तो कार्वाही गरेको बताइएको छ ।

जनयुद्धका क्रममा २०६० सालमा तत्कालीन माओवादीले सामन्त गंभीरा साहको सम्पूर्ण जमिन कब्जा गरेको थियो । शान्तिकालमा आइसकेपछि प्रचण्ड–बाबुरामको निर्देशनमा उक्त जमिन फिर्ता गरिएको थियो ।विप्लव माओवादी बाराले साहको १३ सय बिगाहा जमिनमध्ये अरु बाँकी जमिन पनि कब्जा गर्ने बताएको छ ।

यो कार्वाहीपछि सर्वसाधारण किसानमा खुशयाली छाएको बताइएको छ ।