मुख्य खबर

संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन ।

अनलाइन नेपालगंज

मंगलवार, २५ जेष्ठ २०७३

२५ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ ।राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारकाक्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो ।

 

ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ ।ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो । र, आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो ।

गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जीलिङमा भएको थियो ।