राजनिति

नेकपा माओवादीमा(बिप्लव) तिन जिल्ला सदस्य कारबाही।

अनलाइन नेपालगंज

शनिबार, २२ जेष्ठ २०७३

नवलपरासी – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी नवलपरासीले पार्टी नीति विपरित चलेको भन्दै आफ्ना तीन जिल्ला सदस्यलाई पार्टीबाट कारबाही गरेको बताएको छ ।पार्टीको आफ्नो जिम्मेवारी पुरा नगरी निष्कृय रहेको भन्दै जिल्ला सदस्य शिव चापागाई, सत्यनारायण भुषाल र जुद्ध बहादुर दराई लाई पार्टीबाट निष्काशन गरिएको हो ।जिल्ला सेक्रेटरी जुझारुद्वारा हस्ताक्षरीत विज्ञप्ती20160604094017मा पछिल्लो समय पार्टीको नीति विपरित अनैतिक एवं अराजनैतिक आचरण र गतिविधि गरेको पाईएकोलेआजैका मिति देखी पार्टी सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गराईएको भनिएको छ ।