समाचार

गुणस्तरहीन काम गरेकाे भन्दै विप्लव माअाेवादीद्धारा भारतीय नीजि कम्पनीमाथि अाक्रमण

अनलाइन नेपालगंज

बिहीबार, २० जेष्ठ २०७३

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माअाेवादीले बुधबार राती बाँकेकाे नेपालगंजमा रहेकाे भारतीय एक नीजि कन्स्ट्रक्सनमाथि अाक्रमण गरेकाे छ ।विप्लव माओवादी निकट राष्ट्रिय युवा जनस्वयमसेवकले बाँकेकाे नेपालगन्जस्थित भारतीय ठेकेदार रहेकाे पप्पु कन्स्ट्रक्सनमाथि अाक्रमण गरेकाे हाे ।

JCB-aaglag

नेपालगंज जमुनाह राँझा सडकखण्ड निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्क्सनले गुणस्तरहीन काम गरेको भन्दै जनस्वयंसेवक भेरी ब्यूरोले बुधबार मध्यरातमा कम्पनीको निर्माण उपकरणमा आगजनी गरेको बताइएकाे छ ।

अाक्रमणपछि जनस्यमसेवक ब्युराेद्धारा छरिएकाे पर्चामा पप्पु कन्स्ट्रक्सनले समयमा काम नगरेको, गुणस्तरहीन काम गरेको, गुणस्तरहीन कामलाई ढाकछोप गर्नको लागि राजनीतिक दललाई रात्रिभोज दिएको, सरकारी निकाय, दल, प्राविधिक, इन्जिनियर र गुण्डालाई सडक हस्तान्तरणको लागि पहल गरेको लगायत उल्लेख छ ।

कार्यालयको सुरक्षाको लागि खटिएका चौकिदार रामकृष्ण चौधरीले एक्कासी १ बजेतिर आगो लागेको मात्र देखेको बताएका छन् ।

अाक्रमणपछि पप्पु कन्स्ट्रक्सनका संञ्चालक हरी नारायण रौनियारले सडकमा भएका त्रुटी सच्याउने क्रम सुरु भएको तर एक्कासी आक्रमण हुनु र त्यसबाट प्राविधिक उपकरणमा तोडफोड हुनु निन्दनीय काम भएको बताए ।

नेपालगन्जमा भएकाे याे अाक्रमणअघि मंगलबार राती ९ बजे विप्लव माओवादीले चितवनको शक्तिखोरस्थित कोलार चुनखानी कार्यालय र खानीमा प्रयोग गरिएको डोजर तोडफोड र आगजनी गरेको थियो ।

अर्काे दिन बुधबार दिउँसाे मकवानपुरकाे हेटाैडामा सडक डिभिजन कार्यालय प्रमुखलार्इ पनि विप्लव माअाेवादीले कालाेमाेसाे दलेकाे थियाे ।