राजनिति

बिप्लब निकट अखिल क्रान्तिकारीको आन्दोलनमा सरकारको दमन केही नेता कार्यकर्ता समेत पक्राउ

अनलाइन नेपालगंज

सोमबार, २० बैशाख २०७३

काठमाडौँ  बैशाख ,२१ नेत्रबिक्रम चन्द बिप्लब निकट रहेको अखिल क्रान्तिकारीको आन्दोलनमा सरकारले दमन गरेको  बताइएकाे छ ।प्रहरी द्ारा गिरफतार  आफना नेता प्रकाश अधिकारीको रिहाइको माग गर्दै भएको उक्त आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकाे  क्रान्तिकारीका उपत्यका बिशेष संयोजक लाेकेश बिश्वकर्मा जानकारी दिएका छन ।

kaaa

बिहान ११ बजे भएको  शान्तिपुर्ण अानदाेलनमा प्रहरी प्रशासणले हस्तक्षेप गरेकाे छ । जिल्ला शिक्षा घेराउ कार्यक्रममा केही बिद्यार्थी नेताहरुलाइ समेत  गिरफतार गरेको बताइएको छ । गिरफतार हुने हरुमा  केन्द्रिय सदस्य कलम बडुवाल,काठमाडौ जिल्ला सदश्य महेन्द्र तामाङ ,सुमन अधिकारी ,रोजिना चौलागाईं र क्याम्पस जिल्ला सदस्य उषा किरण रहेकाे संयोजक लोकेश विश्वकर्माले जानकारी दिए ।

गिरफ्तार सम्पुर्ण साथिहरुको यथा शिघ्र रिहाइको माग गरेका गदर्छाैँ  । उनले भने अन्यथा परिस्थिति थप जटीलता तिर जाने छ त्यसकाे परीणाम सरकारले भाेग्नु पर्नेछ। अधिकारी लाइ केही अगाडी काठमाडौँ का जिल्ला शिक्षा अधिकारी शंकर गाैतमलाइ कालोमोसो दलेको आरोपमा प्रहरीले गिरफतार गरेको थियो । भने उनि जेल भित्रै अामरण अनशनमा समेत  बसेका छन ।।यता क्रन्तिकारीले २१ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र प्रत्येक कलेजअगाडी बिद्यार्थी प्रदर्शन गर्ने जानाइएको छ भने वैशाख २२ गते जी. शी. का. कर्मचारीलाई कार्यालय प्रबेशमा रोक लगाउने तथा २३ र २४ गते सैक्षिक सस्था प्रशासनमा तालाबन्दी गर्ने तथा २५ गतेदेखि सैक्षिक सस्थामा अनिश्चितकालिन तालाबन्दी गर्ने जनाएको छ ।