स्वास्थ्य

महामारीले गर्दा तिहारको टिका पनि हरायोे, वच्चावच्चीको विचल्ली समेत पाय्रो

अनलाइन नेपालगंज

सोमबार, २० बैशाख २०७३

दीपबहादुर घर्ती
जाजरकोट, बैसाख । जाजरकोटलाई विश्व मानचित्रम चिनाउने गरी जिल्लाको रोकायगाउँ गाविसवाट २०६६ सालमा फैलिएको झाँडापखालाको महामारीले बहिनीले लगाउने भाई टिका हराएको छ भने, वच्चावच्चीको विचल्ली पारेका छ । पिडितहरुको आँखावाट वगेको आँशुले भिजेका परेली ओभानो वन्न नपाउदै २०७१ को अन्त्य र ७२ को सुरुवातमै फैलिएको ईन्फुलुएन्जाको प्रकोपले वलिरहेको आगोमा घ्यू मात्र थपेन कि पिडितहरुका आँखाका आँशुलाई समुन्द्री सागरमा वदलि दियो । होम सेन्टर परिर्वतनको सरकारी निर्णयमा रहेर यस वर्षको एसएलसी परिक्षा दिईरहेका विद्यार्थी र स्थानिय नागरिकहरुलाई केही दिन सम्म लागेको पखाला जिल्लामा विसाक्त वशन्ती हावा वन्यो । चारैतिर सन्त्रास फैलियो । विभिन्न अनुमान गर्ने र लक काट्ने सवैलाई वनायो । अनेक थरीका अट्कलवाँजीका ढक, तराजुहरु व्यक्ति पिच्छे राख्न थालियो ।

jkt

झण्डै ढाई सय मान्छेहरुको ज्यान जाने गरी २०६६ सालमा फैलिएको झाँडापखालाको महामारीका पहिलो मृतक रोकायगाउँ ६ का ३२ वर्षिय रत्नबहादुर नेपाली हुन् । झाँडापखालाले रत्नबहादुर नेपालीको वैसाख १६ गते ज्यान गएको थियो । सन्तानै नरहने गरी नेपालीको मृत्यू भएको थियो । नेपाली घरका एक्ला छोरा हुन् । घरमा उनका आमा वुवाको मृत्यू ६६ भन्दा पहिलेनै भईसकेको थियो । एक दिदी र एक बहिनी भएका रत्नबहादुरको मृत्यू भईसकेपछि दिदी, बहिनीले ६ वर्ष भित्रका सवै भाई टिकामा खाली निधार राख्न वाध्य भएकी छन् । धार्मिक परम्परालाई परिवर्तन गरेर भन्दा पनि दिदी बहिनीको निधारको टिकालाई महामारी प्रकोपले खोसेर लगेको बहिनी विजसरी नेपालीले वताईन । परम्परागत सँस्कार र सँस्कृतिमा जन्मेर हुर्केकी विजसराले भनिन्–“भाई बहिनीमा हुने खुशी हामी दिदी बहिनीको लागी २०६६ को झाँडापखालाले सधैका लागी खोसेर लगि सक्यो, संसारको कुनै कुनामा गए पनि हामी त्यो खुशी पाउन सक्ने छैनौं ।” अविवाहीत रत्नबहादुर नेपालीको झाँडापखालाले मृत्यू पछि बहिनी विजसरा नेपालीले आफ्नो लोग्नेलाई घरमै ल्याएर बसीरहेकी छन् । उनका दुई भाई छोरा छन् भने, दिदी लाटी नेपालीले गाउँमै विवाह गरी बसेकी छन् ।

त्यस्तैगरी उक्त झाँडापखालाले जीवनका सवै खुशी लुटिएका मात्र नभई विचल्लीमै परेका रोकायगाउँ ९ लिम्साका मानबहादुरर रोकायकी श्रीमति र दुई छोरा हुन् । झाँडापखालाले ३४ वर्षिय मानबहादुर रोकायको लिम्सामै वसेको स्वास्थ्य शिवीरमा उपचार गराई रहेको अवस्थामा २०६६ साल जेठ २ गते मृत्यू भएको उनकी स्वास्नी मनसरी रोकायले वताईन । कान्छो छोरा किरण रोकायले वुवालाई राम्रोसंग चिन्न नसक्ने अवस्थामै श्रीमान मानबहादुर रोकायको झाँडापखालाले मृत्यू भएपछि मनसरी रोकायको वलेन्द्रीको पानी वगे झै वगेको आँशुले अहिले सम्म आँखाका परेली ओभानोे भएनन् ।

उव्जनी विनाको गाउँको जग्गाले मनसरीको आमा छोराको लालन पालन सम्भव नभएपछि छोरा आशिष र किरण रोकायलाई साथमा लिएर २०६८ सालमा मनसरी रोकाय रुकुमको सल्यामा रहेको एभरेष्ट इङ्गलिस वोर्डिङ्गमा भात पकाउने र वोर्डिङ्गमा पढ्ने वच्चावच्चीलाई खुवाउने काम गर्न थालिन । वोर्डिङ्गमा भात पकाउने काम गरिरहेकी मनसराका छोरा आशिषको पढाईका लागि वोर्डिङ्गमा फिस नलाग्ने भएको थियो । कान्छो छोरा किरणको भने पढाईका लागी स्कुल जाने उम्मेर समुह पुगेको थिएन ।

jkt1

वोर्डिङ्गमा पढिरहेका जेठा छोरा आशिषलाई पेट दुख्ने रोग लागेपछि रुकुमको जिल्ला अस्पतालमा उपचार सम्भव नभएको कारुनीक वेदना मनसराले व्यक्त गरिन–“मेरो लागी छोराको जीवन भन्दा ठुलो सम्पती अरु हुन सक्दैन्थ्यो, छोराको उपचारका लागी ऋण गरेर काठमाण्डौं वाँसगढी अस्पतालल र शिक्षण अस्पतालमा लिएर उपचार गराएर ल्याए । छोराको उपचारमा लागेको ऋण अहिले सम्म तिर्न सकिरहेकी छैन ।”

छोराको उपचार गराएर जिल्लामा फर्केकी मनसरा विगत एक वर्ष देखी दुई छोरालाई साथमै राखेर जिल्ला सदरमुकाम खलंगामा गिट्टी कुट्टने काममा लागि रहेकी छन् । महामारी पिडीत छोराहरुको पढाईमा एक वर्षको लागि फिस छुट गरेर नोवेलिष्ट वोर्डिङ्गले आशिष रोकाय र किरण रोकायलाई पढाई रहेको मनसराले जानकारी दिईन । छोराहरुको लागी वोर्डिङ्ग ड्रिस, कापी कलम र खानाको व्यवस्थापन गर्न मनसरा आफैले दैनिक गिट्टी कुटेर जुटाउनु परिरहेको छ । आगामी शैक्षिक सत्र देखि छोराहरुको पढाईमा वोर्डिङ्गले फिस लगाउने भएको छ भन्दै मनसराले निकै ठुलो चिन्ता प्रकट गरिरहेकी छन् । नोवेलिष्ट वोर्डिङ्गमा जेठा छोरा १० वर्षिय आशिष रोकाय कक्षा ३ मा पढिरहेका छन् भने, कान्छो छोरा ८ वर्षिय किरण रोकाय यू केजीमा पढिरहेका छन् ।

६६ सालमा जिल्ला भरी फैलिएको झाँडापखालाको प्रकोपले ज्यान गुममाउनेहरुको संख्या जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङमा एक सय ५४ जना, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र युनीसेफको तथ्याङ्कमा दुई सय २३ जना र जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा दुई सय ९१ जनाको विवादित तथ्याङ्क रहेको छ । जिल्ला प्रशासनको तथ्याङ्क अनुसार त्यतिवेला नै जिल्ला दैविक प्रकोप उद्धार समितिले दुई सय ९१ जना घरपरिवारलाई जनही १० हजजारका दरले राहत वितरण गरेको थियो ।

त्यसैगरी गतवर्ष जिल्ला भरी फैलिएको ईन्फुलुएन्जा प्रकोपले १६ जनाको मृत्यू भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टी गरेको छ भने, जिल्लामा फैलिएको महामारी अवधीभर ३५ जनाले ज्यान गुमाएको जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ । ज्यान गुमाउने कसैलाई पनि नेपाल सरकारले प्रदान गर्ने राहत हाल सम्म दिईएको छैन ।

त्यसैगरी यस वर्ष एसएलसी परिक्षाको समयावधीमा दसेरा, झाप्रा, लिम्सा, पजारु र खुर्पा लगाएतका ठाउँमा लागेको पखाला, टाउको दुख्ने, ज्वरो आउने जस्ता स्वास्थ्य समस्याले सताईएका नागरीकहरुकको संख्या एक सय ३२ जनाको रहेको छ । एक सय ३२ जनामा ६७ जना एुएलसी परिक्षामा दिईरहेका विद्यार्थी हुन भने, ६५ जना अन्य नागरिकहरु रहेका थिए ।