समाचार

अनियमितता गरेको भन्दै काठमाडौका जिशिअलाई विप्लब माओवादीको कालोमोसो

अनलाइन नेपालगंज

बुधबार, १५ बैशाख २०७३

काठमाडौं ,बैशाख १५
काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका छन् । बुधबार दिउँसो जिशिअ गौतमको कार्यकक्षमा पुगेर विप्लव माओवादी सम्वद्ध अखिल क्रान्तिकारीका कार्यकर्ताले कालोमोसो दलेका हुन ।

ssssssss
गौतमले शैक्षिक क्षेत्रमा अनियमितता गरेको , आर्थिक घोटला गरेकोले कारबाही गरिएको पर्चा घटनास्थलमा छरिएको छ । कालोमोसो दल्ने क्रममा केही बेर तनाव भएको थियो । गौतमले त्यसको प्रतिवाद गरेका थिए । प्रतिवाद गर्ने क्रममा उनी सामान्य घाइते भएका छन् ।
कालोमोसो दल्ने वित्तिकै उनीहरु घटनास्थालबाट भागेका छन् । प्रहरीले उनीहरको खोजि कार्य तिब्र पारेको जनाएको छ ।