लेख रचना

मोहदय ! त्याे बन्दुक साच्चै खेलौना थियन ।

अनलाइन नेपालगंज

शनिबार, ११ बैशाख २०७३

 एक  बिदेशीयका पुर्व छापामारकाे अनुराेध पुर्णलेख  

  मोहदय अनि त्यही तिमिले दिन लगायको अलिकती राहात ले प्रदेशिन बाध्य बनायाे । प्लेन चडेर यो मरुभुमिको माटो लाई छातिमा टाँसीरहेछु । आज स्वदेश को माया मुटु भरी सङगाल्दै अन्तमा तिमीहरु आज फुटेको सुन्दा कति नरमाइलो लाग्छ किछाती भतभती पोलेर आउँछ मुटु छिया छिया भयर आउँछ पिलिज अब एक पटक मिलिदेउ जन्ताको लागि हाम्रो लागि र मेरो लागि हुन त हामिलाइ के नै पो दियका छौ । र तर पनि माया माओवादी कै लाग्छ किनकी रगत पसिनाले निमार्ण गरेकाे हाम्राे इतिहाँस र बिरताकाे गाथा  एक एक गरि निर्माण गरेको हाम्राे अास्था   तिमी हरु फुटदा हाम्रो रगत को कण हरु पनि त्यसरी नै फुटेका छन यो कुरा न भुलिदेउ ।।।

ddddd

 

दिपेश थापा मगर

१२ बर्ष को कलिलो उमेरमा कलम समाउने हात ले बन्दुक समाउन बाध्य पारेउ हिजो सुन्दर नेपाल को सपना झोला भरी बोकाउदै हिंडालेउ म जस्तै हज्जारौ बाल बच्चा हरुलाइ बाल छापामार बनायर हिडे म पनि त्यही बाटो मा जुन बाटो तिमिले देखायौ । हुन त मलाइ न कसैले कर लगाय न कसैको दबाब नै थियो त्यो त देशको परिबेश थियो त्यो परिबेश मा न लागि न हुने बाध्यता को सिर्जना तिमिहरुले गरेका थियौ ।

त्यसैले म जस्ता हज्जारै बाल छापामार मा भर्ती हुँदै बन्दुक बोक्न बाध्य भए । र बोके मैले पनि त्यही बन्दुक जुन एउटा सुन्दर नेपाल र स्वणीर्म भबिस्यको परिकल्पना गर्दै अनि लडे कयौ मोर्चा हरु फलामको चिउरा चपाउदै र जिन्दगी खुकुरीको धारमा राखेर सायद त्यो बेला थाहै थियन । त्यो खुकुरी कता ढल्ने हो कत्तिखेर ढल्ने हो र जीवन को अन्त्य हुने हो कसैले पनि सोच्न सम्म पनि सकेको थियन होला जस मध्य को एउटा पात्र म पनि थिय २०५९ मंसिर ४ गत्ते दैलेख को त्यो भिरमौरा को भिडन्त बाट सुरु भयको यो बाल छापामार को युद्ध यात्रा जनयुद्ध कै अन्तिम लडाइँ बुटवल को 22 न० बाहिनी अड्डाको मेन गेटमा गयर २०६२ चैत्र महिनाको २५ गत्ते बिहान ४ बजे भालेको डाको सङगै अन्त्य भयो ।

diiii

लडाइँ का हरेक मोर्चाहरु मा अग्रणी भुमिका निर्भा गर्ने क्रम मा पसिनाको कुरै न गरौ बर्दिया को रम्बापुर अनि पाल्पाको तान्सेन जस्ता लडाइँ का मोर्चा हरुमा अमुल्य योग्दान पनि गरियो ।त्यही सुन्दर नेपाल को नाम रातो अक्षेर ले लेख्नु छ भन्दै रगत को खोला बगाइयो अनि क्रान्तिका महान योद्धा जित जस्ता कमरेड हरुलाइ युद्ध मैदान मै छोडन बिबश भयौ त्यही नया नेपाल को निर्माण का खातिर सङगै लडदा लडदै आफ्नै अगाडी दुस्मन को गोलिले छिय छिया भयका शरीर हरु कत्ती छोडिय छोडिय त्यो त न तिमले हिसाब राखेउ ।न मैले नै म त राख्न पनि कसरी सक्थे र हिसाब गर्न लाई न म सङग पढाई नै थियो । न त समय नै हिसाब राख्न लाई किनकी म त कहिले काहीँ दिनमै ३/४वटा लडाइँ लड्न मै बेस्त हुन्थे । त्यो त तिमिले राख्नु पर्ने होनि हैन र ? कत्ती साथीहरू त अहिले भेटिन्छन जो साथिलाइ मर्यो भनेर सहिद घोषणा गरेका थियौ ।

जुन साथीहरू युद्ध मैदान बाट नै पत्तासाप भएकारहेछन तर पनि यो बालछापामार कहिलै न डगमगाइ लडिरहयो जब सम्म सुन्दर नेपाल लेखिने छैन तब सम्म भन्दै तर म त भ्रम मा पो थिय कि या तिमिले भ्रम मा पारेउ त्यो त तिमिलाइ थाहा होला । तर पछि त्यो मेरो बन्दुक लाई खेलौना सम्झेर सम्झाैता गरिदियौ र राखिदियौ कन्टेनरमा म कत्ती रोय कराए त्यो तिमिहरुले सुनेनौ

मोहोदय सुनेनौ त्यो बन्दुक खेलौना थियन । त्यो पढकाउदा पढकिन्थ्यो त्यतिबेला सम्म पनि जतिबेला तिमिले रातारात टाटेपाटे बर्दिधारी लाई एक्कासी मेरो अस्थाइ शिबिर भित्र हुलेउ चाहे त म त्यत्तिखेर पनि पढकाउन सक्थे मेरो हातमा खेलौना थियन । मेरो हातमा साच्चिकै बन्दुक थियो । तर मैले त्यसो गरिन बरु एक्लै रोय एक्लै कराए किनकी त्यो मैले आफ्नो रगत शित साटेर ल्यायको थियाे तर सुनिदिने कोहि थियन । तिमि महल मा रमाइ रहेका थियौ । त्यो आवाज आउने प्वाल हरु सबबन्द गरेर मस्त सुतेका थियौ । अनि म रुदै निस्किय केही साथीहरूको साथमा पछि पछि लागेर अब जाने कता घर जाउ ? घर छैन घर थियो तर ती घर हरु तिमिले भन्ने गर्थेउ नि क्रान्तिकारी हरुको घरमा आल्लो उमर्नु पर्छ भनेर हो । मेरो घरमा त्यस्तै भैसकेको थियो । त्यसैले म घर जान पनि सकिन ।

मोहदय अनि त्यही तिमिले दिन लगायको अलिकती राहात ले प्रदेशिन बाध्य बनायाे । प्लेन चडेर यो मरुभुमिको माटो लाई छातिमा टाँसीरहेछु । आज स्वदेश को माया मुटु भरी सङगाल्दै अन्तमा तिमीहरु आज फुटेको सुन्दा कति नरमाइलो लाग्छ किछाती भतभती पोलेर आउँछ मुटु छिया छिया भयर आउँछ पिलिज अब एक पटक मिलिदेउ जन्ताको लागि हाम्रो लागि र मेरो लागि हुन त हामिलाइ के नै पो दियका छौ । र तर पनि माया माओवादी कै लाग्छ किनकी रगत पसिनाले निमार्ण गरेकाे हाम्राे इतिहाँस र बिरताकाे गाथा  एक एक गरि निर्माण गरेको हाम्राे अास्था   तिमी हरु फुटदा हाम्रो रगत को कण हरु पनि त्यसरी नै फुटेका छन यो कुरा न भुलिदेउ पिलिज बिन्ती छ ।

 दैलेख  हाल मलेसिया