लेख रचना

गजल

अनलाइन नेपालगंज

बिहीबार, २५ चैत्र २०७२

xxxxxxxx

जिन्दगीका खुसि जति बचाएर ल्याउने
को छ यहाँ बर्तमानलाई सजाएर ल्याउने ।

दुनियामा यस्ता कोहि धनी मान्छे छैनन्
जो कि बिगत किनेर वा फर्काएर ल्याउने ।

दुई चार दिनको खुसि खोज्दै भौतारीनेहरु
धेरै भेटे मान प्रटिष्ठा गुमाएर ल्याउने ।

कडा भन्दा कडा मिहेनत गर्ने ब्यक्ति यहा
कमै हुन्छन भविष्यलाई फुलाएर ल्याउने ।

अनगन्ति सपनाहरु छिन भरमै पुरा गर्ने
को होला र जन्म मृत्यु तुहाएर ल्याउने ।।

दिपक नेपाली
जाजरकोट,टालेगाउँ हाल मलेशिया