समाचार

हेगनको शल्लीक्रिया शिवीरवाट १६ सयले लिए सेवा

अनलाइन नेपालगंज

बुधबार, २४ चैत्र २०७२

दीपबहादुर घर्ती
जाजरकोट, २४ चैत । जाजरकोट जिल्ला अस्पतालमा स्वीस नागरिक डा. क्याथ्रिन हेगनद्धारा सञ्चालन गरिएको शल्लीक्रिया शिवीरवाट १६ सयले निशुल्क सेवा लिएका छन् । पाँच दिन पहिला देखी सञ्चालन गरिएको स्वास्थ्य शिवीरवाट १६ सयले निशुल्क सेवा लिएका हुुन् ।

wwwwwwwwwww
शुक्रवार देखिी हाँडजोर्नी तथा नसा सम्वन्धि सञ्चालन गरिएको निशुल्क शल्लीक्रिया शिवीरवाट जाजरकोट, रुकुम, सल्यान, डोल्पा, वर्दीया र सुर्खेतका १६ सय नागरिकहरुले सेवा लिएको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंका वरिष्ठ लेखा अधिकृत सरोज सत्यालले जानकारी दिए । लेखा अधिकृत सत्यालले दिएको जानकारी अनुसार ६५ जना भन्दा वढीको सना तथा मझौला शल्लीक्रिया, ठुलो शल्लििक्रया गर्नु पर्ने एक दर्जन वढीलाई नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा रिफर र १६ सय जनालाई स्वास्थ्य परामर्श सेवा दिदै मंगलवार निशुल्क शल्लीक्रिया शिवीर सम्पन्न भएको छ ।
जिल्ला अस्पतालमा सञ्चालन गरिएको शल्लीक्रिया शिवीरमा १० लाख रुपैया खर्च भएको लेखा अधिकृत सरोज सत्यालले जानकारी दिए । शिवीर सञ्चालनमा भएको खर्च व्यबस्थापन स्वजरल्याण्डमा डा. क्याथ्रिन हेगनद्धारा स्थापना गरिएको मेड सोलुसन्न फाउण्डेसन र अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंले गर्ने लेखा अधिकृत सत्यालले जानकारी दिए ।
१६ सयलाई सेवा दिने गरि पाँच दिन सम्म चलेको शिवीरमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंका मेडिकल डाईरेक्टर राजेश महर्जनको नेतृत्वमा ७ डाक्टर, ६ स्टाफनर्स, अन्य ३ जना सहयोगी र एक फोटो ग्राफी गरी जम्मा १७ जनाको टोली जाजरकोट आई पुगेको थियो ।
स्वजरल्याण्डका भुगर्भ विद्ध तथा विश्व चर्चित लेखक टोनी हेगनकी दोश्रो सन्तानक डा. क्याथ्रिन हेगनले ६० वर्ष पहिला जाजरकोट पुगेका वुवाको सपना पुरा गर्न जाजरकोटमा सफल निशुल्क शल्लििक्रया शिवीर सञ्चालन गरेको वताएकी छन् । टोनी हेगनले नेपालकावारेमा थुप्रै पुस्कहरु लेखेर, वृतचित्र निर्माण गरेर नेपाललाई विश्व सामु चिनाएका थिए भने, जाजरकोटको भौगलिक अवस्था, जनजीवन र यहाँको आर्थिक अवस्थालाई नजीकवाट अध्ययन गरेर हेगनले जाजरकोटका लागी केहीन केही गर्ने सोच वनाएको डा.क्याथ्रिनको भनाई छ ।
शिवीरमा जन्मजात वाङ्गा टिङ्गा हात–खुट्टा, लडेर भाँचिएका हात–खुट्टा, पोलिएर जलेका हात–खुट्टा, नसा सम्बन्धिका विरामीहरु र शल्लीक्रिया गरि हालिएका रड् भिक्नुका साथै शल्लीक्रिया गरिएको थियो ।