लेख रचना

प्रिय सुनाखरी

अनलाइन नेपालगंज

सोमबार, २२ चैत्र २०७२

rame

 

तिमि फुल्ने पखेरा

तिमि हाँस्ने मौसम
हावासंग तिम्रो प्रित
अनि
यो मौसम)
तिम्रो तिर्सनाले
मनै विरसिलो हुन्छ
प्रिय सुनाखरी
पर्देशीहरु
तिम्लाई हेरेर मुस्कुराउँथे
लाहुरेहरु
तिमिमा प्रेम बर्षाउन चहान्थे
अल्लारेहरु
तिम्रो अधर चुमेर मुस्कुराउथे
कल्पनाको संसारमा
हो
साँच्चै हो
प्रिय सुनाखरी
बादलुको घुम्टो उघारेर
जूनले पनि)
तिम्लाई नियाल्थ्यो घरिघरि
हरेक पूर्णिमाको गोधुलीमा
घामले
तिम्रो यौवनमा
चमक भरिदिनथ्यो
हरेक कलिला प्रभातमा
प्रिय सुनाखरी
किन किन रु
प्रिय सुनाखरी
तिमि प्रतिको यति लगाव
आशक्ती
अनि तिर्सना
के
यहि माया हो र

रमेश अनुराग सुर्खेत