राजनिति

बास्ताेला भन्छन -अाेली सरकार नक्कली राष्ट्रवादकाे खोक्रो कुपिन्डाे हाे

अनलाइन नेपालगंज

सोमबार, २२ चैत्र २०७२

नेकपा माओवादीका नेता धमेन्द्र बास्तोलाले वर्तमान ओली सरकार राष्ट्रवादी नभएको बताएका छन् ।

मजजब

आज काठमाडौंमा आयोजित देशभक्त संघीय गणतान्त्रिक मोर्चाले आयोजना गरेको कार्यक्रममा वास्तोलाले ओली सरकार नक्कली राष्ट्रवादी भएको बताए ।

उनले ओली सरकारले नेपाली जनतालाई आफु राष्ट्रवादी भएको देखाउन विभिन्न नाटक मंचन गरेको आरोप लगाए ।

‘धेरैलाई लागेको छ, यो ओली सरकार राष्ट्रवादी होला भनेर । तर होइन, यो सरकार नक्कली राष्ट्रवादी हो ।’ उनले कार्यक्रममा भने, ‘ओली सरकारको नक्कली राष्ट्रवादको खोक्रो कुपिनडाे अब विस्तारै नांगिदै छ ।’

नेता धमेन्द्रले यो सरकार भारतको कांग्रेस आई र रअको डिजाइनमा बनेको समेत आरोप लगाए ।

कार्यक्रममा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ र सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालको राष्ट्रियता संकटमा रहेको बताउदै संकटबाट मुक्त पार्न सम्पूर्ण राष्ट्रवादीहरु एक ठाउँमा आउनु पर्ने बताए ।

नेकपा क्रान्तिकारी माओवादीका नेता हरिभक्त कँडेल, नेकपा माओवादी न्युक्लियसका नेता डा।ऋषिराज बराललगायतका वक्ताहरुले राष्टिय स्वाधिनताका निम्ति लड्नु पर्ने बताएका थिए ।