राजनिति

गृहमन्त्री बस्नेतले ल्याए कडा नियम – अब ५ मिनेट पनि सडक बन्द गर्न नपाइने

अनलाइन नेपालगंज

सोमबार, २२ चैत्र २०७२

चितवन, २२ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि बहानामा कसैलाई पनि सडक बन्द गर्न नदिन स्थानीय प्रशासनलाई कडा निर्देशन दिएका छन् ।

 

 

saktiचितवन जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री बस्नेतले अब सडक पाँच मिनेट पनि बन्द गर्न नपाइने र सोहीअनुसार स्थानीय प्रशासनले काम गर्नुपर्ने बताए ।

कुनै पनि बहानामा सडक बन्द गर्दा त्यसबाट हुने ठूलो नोक्सानी कसले व्यहोर्छ भन्ने प्रश्न गर्दै सडक बन्द हुँदा हुने नोक्सान पु¥याउने अधिकार कसैसँग नरहेको उनले बताए ।

मन्त्री बस्नेतले सबै राजनीतिक मुद्दासमेत वार्ता र छलफलमार्फत समाधान हुने हुँदा अब सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

जिल्लाको शान्ति सुरक्षा र अमनचैनमा कति पनि विचलित नभई काम गर्न निर्देशन दिँदै उहाँले देशमा संविधान बनिसकेकाले संविधान कार्यान्वयनका लागि सहयोग पु¥याउन आग्रह गरे ।

संविधान जारी भएपछि आउने पहिलो बजेटलाई सदुपयोग गरेर संविधान कार्यान्वयनमा सहयोग पु¥याउन पनि उनको आग्रह थियो । विचौलियाको प्रभावमा नपरी जनताको कामलाई उच्च प्रथामिकतामा राख्न उनले कर्मचारीलाई निर्देशन दिए ।

कार्यालय जनमुखी र उत्तरदायी हुनुपर्ने भन्दै उहाँले कर्मचारीकै कारण अब जनताले दुःख पाउन नहुने बताए । उहाँले जिल्ला प्रशासन कार्यालयबाट गरिएको अनुगमनका क्रममा भेटिएका कमी कमजोरीलाई तत्काल सच्याइनुपर्ने बताएका छन्।