फिचर

जवानलाई सास्ती हाकिमलाई सुविधा

अनलाइन नेपालगंज

सोमबार, २२ चैत्र २०७२

, काठमाडौं २२ चैत । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका जनशक्तिबाट कल्याणकारी कोषमा मोटो रकम दाखिला गरी व्यवसायमा लगाउने तयारी गरेकेा छ  ।

Soldiers guard supply trucks after local people forced an army truck carrying relief supplies off the road, saying they have not received any government food aid five days after Saturday's earthquake, near Chautara, Nepal, April 29, 2015. REUTERS/Olivia Harris

सेनाले दर्जा अनुसार रकम कट्टागरी सैनिक कल्याण कोष मार्फत व्यापार व्यवसायमा लगानी गर्न लागेको आजको राजधानी दैनिकमा समाचार छ ।

सेनाले हाइड्रोपावर, हेटौंडा कपडा उद्योग लगायतमा लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । सेनाको यस्तो तयारीले सुरक्षा संगठनसमेत व्यापार गर्ने संगठनका रुपमा अगाडि आउन थालेको सुुरक्षा विश्लेषकको बुझाइ छ ।

शान्ति सैनिकको पारिश्रमिक बृद्धि भएसंगै नेपाली सेनाले यस अघिको कोषमा कट्टा गरिने रकमको अनुपात बढाएर दर्जागत रुपमा कट्टा गर्ने व्यावस्था ल्याएको हो ।

कोषमा रक कट्टा गर्ने योगदानका हिसावले जबानको रकम बढी काटौति हुने गरेको छ ।

पल्टनका रुपमा तैनाथ शान्ति सैनिकले यसअघि पाउने मासिक १ हजार २८ डलर पारिश्रमिक हुँदा कल्याण कोषमा सबै तहका जनशक्तिबाट ८०१.८४ सेन्ट कट्टा गरिन्थ्यो ।

तर एक वर्षअघिदेखि मिसनको अवधि एक वर्ष बनाउँदै राष्ट्रसंघले मासिक पारिश्रमिक १ हजार ३ सय ३२ डलर र अतिरिक्त भत्ता दिने निर्णय गरेपछि सेनजाले कोषमा जम्मा हुने रकम हेरफेर गरेको हो ।

नयाँ नियम अनुसार सेनानीको २९, परिचरको ३ सय ७८ डलर कोषमा कटौती हुने भएको छ ।