फिचर

संसद् अब १ घण्टाभन्दा ढिला नहुने

अनलाइन नेपालगंज

सोमबार, २२ चैत्र २०७२

काठमाडौं – ठीक समयमा काम सुरु नगर्ने प्रवृत्तिको व्यंग्यात्मक शब्दावली हो – ‘नेपाली समय’ । अझ संसदीय अभ्यासमा त बिहान ११ बजेका लागि डाकिएको बैठक मध्यरात मात्रै बस्न सक्छ । सत्ता खिचातानी र सरकार प्रतिपक्षको सौदाबाजीका कारण संसद्का अधिकांश बैठक समयमा सुरु हुँदैनन् ।

bicc-hall

संसद्को नयाँ नियमावली लागू भएपछि भने सदनको घण्टी कतिबेला बज्ला भनेर हाई काड्दै दिनभरि रुङ्नुपर्ने बाध्यताबाट सांसद्हरुले छुटकारा पाउने भएका छन् । नियमावली मस्यौदा समितिअन्तर्गको मस्यौदा लेखन उपसमितिले मध्यरातको १२ बजेअघिसम्म जतिबेला सदन सुरु गरे पनि हुने सभामुखको तजबिजी अधिकार कटौती गर्ने प्रस्ताव गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।