खेलकुद

चार छक्काले दिलायो वेस्ट इन्डिजलाई दोस्रोपटक विश्वकप टी–२० को उपाधि

अनलाइन नेपालगंज

सोमबार, २२ चैत्र २०७२

कोलाकाता – विश्वकप टी—२० को फाइनलको अन्तिम ओभरसम्म इंग्ल्याण्ड खेलमा हाबी थियो । जितका लागि १ सय ५६ रन पछ्याइरहेको वेस्ट इन्डिजलाई अन्तिम ओभरमा जितका १९ रनको आवश्यकता थियो ।

during the ICC World Twenty20 India 2016 Final match between England and West Indies at Eden Gardens on April 3, 2016 in Kolkata, India.

अन्तिम ओभरमा बलिङमा आए बेन स्टोक, जो प्रतियोगिता भर अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरिरहेका थिए । तर, कार्लोस ब्राथवेटले लागातार ४ छक्का हिर्काउँदै वेस्ट इन्डिजलाई ४ विकेटको जित दिलाए । जितसँगै वेस्ट इन्डिज दोस्रो पटक विश्वकप च्याम्पियन बनेको छ । यसअघि सन् २०१२ मा वेस्ट इन्डिज विश्व च्याम्पियन बनेको थियो । सन् २०१२ र सन् २०१६ को फाइनलको समानता भनेको मार्लन स्यामुयल्स रहे । त्यतिबेला पनि उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकाविरुद्ध ७८ रन बनाएका स्यामुयल्सले आजको फाइनलमा नट आउट रहँदै ८५ बनाएर जितको आधार तय गरे । अन्य ब्याटसम्यान लगातार आउट भइरहँदा उनले ६६ बलमा ९ चौका र २ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच घोषित भए ।