अन्तर्वार्ता

हामी बन्दुक उठाउन चाहादैनौँ तर आई परे छोडदैनौँ

अनलाइन नेपालगंज

शनिबार, १३ चैत्र २०७२

kirisna

बिप्लव माओबादीका नेता तथा  स्कुलीगं बिभाग प्रमुख  नेता कृष्ण प्रसाद धमला  गम्भीर संगको छेटो कुराकानी

१ .शान्ती प्रक्रीयमा आएपछि त माओबादी आन्दोलन धरापमा पर्दै गयो नी सात ओटा कितामा बाँडीयो  के माओबादीहरुलाई शान्ती नपचेकै हो त  ?
यसलाइ हामीले दन्दबादी दृष्टीकोणबाट  हेर्नु पर्छ यान्त्रीक ढंगबाट हेरीयो भने त्यो गलत हुन्छ । हामी यी शान्ती प्रक्रीयाका दिनहरुमा थप बिकशीत भएका छौँ  हामीले चुनुवागं बैठक बाट अपनाएको कार्य नितीले शान्ती प्रक्रीया  सम्म ल्याएको हो । हामीलाई शान्ती नपचेको भन्ने भन्दा पनि शान्ती नचाहानेलाई हामी नपचेको हो । जो नेपालका संसदबादी दलहरु छन । हामी नेपालमा नयाँ जनबादी क्रान्तप्ी पुरा गर्ने उदेश्य  अनुरुप नै आएका र्हाँ र हामी गछौँ । शान्ती उदेश्यसंग सम्बन्धीत होओस हामी मुर्दा शान्ती अर्थात नाममात्रको शान्तीको पक्षमा छैनौ ।
२ . के चुनुवागं बैठक को कार्यनिती गलत थियो त  ?
चुनुबागं को कार्यनितीमा २ ओटा बुझाई थिए । खासमा प्रचण्ड बाबुरामहरुको नौटकीले हामीलाई योहालतमा पुरयाएको हो । प्रचण्डको आत्मसर्मपणबादी दृश्टीकोणले आन्दोलनलाई यो स्थीतीमा पुरयाए अर्थात आन्दोलन बिर्सजनबादमा गएर टुगीयो ।

३.. के स्पष्ट बैचारीक कार्यदिशा नै नभएर हो   ?
त्यो बिषयमा हाम्रो पाटी भित्र स्पष्ट कार्यदिशा थियो । दिर्घकालीन जनयुद्ध र शहरीया सस्त्र बिद्रोहो फिउजनको कार्यनिती पनि एक बहसको बिषय थियो । प्रचण्ड बाबुरामहरुको आत्मसर्मपण बादी सोचले कार्यदिशामा पनि अलमल पर्न गयो ।
दशबर्षको जनयुद्ध र चार बर्ष सम्म प्रचण्डबाबुरामहरुसंगको संघर्ष र किरणहरुको अक्रमान्यताका बिरुद्ध  संघर्ष गरेर नेपाली मौलीकता अनुरुपको हामीले स्पस्ट कार्यदिशा बिकशित गराएर एकीर्कत जनक्रान्तीको कार्य दिशा बिकशित गरेका छौँ र बाँकी क्रान्तीका कार्यभार यसैबाट पुरा गर्ने छौँ   ।

४.  तपाँहरुले फेरी ससस्त्र  संघर्षको कुरा गर्दै हुनुहुन्छ । यथार्थ गर्न खोजेको हो की थर्काउनलाई हो   ?
आमुल परीर्वतनको निम्ती ससस्त्र संघर्ष भनेको अपरीहार्य कुरा हो । यो सैद्धान्तीक हिसाबले पनि बिज्ञान संबत छ । यो मुल कुरा सासक बर्गमा निहित हुन्छ । जब उत्पीडन जनताको आवाजलाई राज्यले दबाउन थाल्छ क्रान्ती अनिवार्य शर्त बन्छ । र यो कुरा को फैसला शासक बर्गमा नै निहित हन्छ ।  जनताकाको अधिकारका लागी   बिद्रोहो अनिवार्य कुरा हो । यो थर्काकाउन को लागी हैन ।
५. प्रचण्डले माओबादी आन्दोलनको एकीकरण आबश्यता छ भनेर आहावान गरिहेका छन के यहाँहरु त्यो आह्वानलाई मान्ने पक्षमा हुनुहुन्छ  ?
संक्षेपमा भन्नुपर्दा यो एकीकरणको भन्दा पनि धुब्रीकणको कुरा हो । उनिहरुले क्रान्तीको बाटो छोडीसकेपछि यो आफनो पोजीशन बलियो बनाउने चालबाजी र नौटंकी मात्रै हो । यो कुरामा कुनै तुक छैन । र संभब पनि छैन । बाँकी सच्चा क्रान्तीकारीहरुको क्रान्तीका लागी धुब्रीकरया गर्ने हो भने संभब छ ।तर क्रान्तीको हित भन्दा बाहीर रहेरह’ने एकीकरणको कुनै औचित्य छैन ।

६. पाटी त फुटाउनु भयो तर औचीत्य पुष्टी गर्न सक्न भएन नी  कुरो पदसंगै जोडीएको आकलन गरीरहेका छन नी   ?
यसलाइ पनि हामीले दुइ आँखाले हेनु पर्छ । फुटनको लागी फुटेका हैनौँ हामीले क्रान्तीका बाँकी आबश्यक्ता पुरा गर्न पार्टी पुर्नगठन गरेका हौँ । पाटी त उनिहरुले फुटाएका हुन भन्ने कुरा छर्लग्ैं छ । बाँकी रहयो औचित्य पुष्टीको कुरा हामीले यो डेढ बर्षको अन्तरालमा धेरै काम गरेका छौँ यी कामहरुले पनि प्रष्टयाईरह्ेका छौँ । हामीले के का लागी फुटालेका हौ भन्ने कुरा प्रष्टै छ ।  पदका लागी भन्ने कुरा भ्रमपुणै प्रचार मात्रै हो । क्रान्तीकारीहरुलाई सिद्धाउने खेलमात्रै हो यो अनाबशयकको लान्क्षाना हो ।।

७.यहाँहरुको भखरै बसेको केन्द्रीय समितिको बैठकले अब ससस्त्र संघर्ष चकाउने भन्ने हल्ला आईरहेको नी कुरो के हो   ?
द्यलाल शासकहरुले हामीलाई उत्तेजीत बनाउन खोजेका छन र यो हामीलाइ दमन गर्ने नौटंकी मात्रै हो । जनता र देशलाइृ यस्तै स्थीतीमा राख्न खोजे  यी दलालहरुका बिरुद संघर्षका जस्तासुकै रुपहरुपनि हुनसक्छन त्यो कुरा शासकहरुमा निर्भर रहन्छ ।  हामी बन्दुक उठाउन चाहादैनौँ  तर आई परे छोडदैनौँ ।
८.संरचनाहरु पनि पुरै परीर्वतन भएको भन्ने स’नीन्छ के क्रान्तीकालकै संरचनामा जान खोजेको हो त ।  ?
संरचनाहरु भन्ने कुरा साधन हो मुख्य कुरा लक्ष्य हो । हामी साधन भन्दा पनि साध्यमा जोड दिनाचाहान्छौँ ।
त्यसो हुदा समयनुसार संरचना परीर्बतन हुनु अनौँठो र्हैन । क्रान्तीलाई स्पष्ट ढंगले बडाउनको लागी पाटीले साधनलाई ठिक ढंगले प्रयोग गर्न सक्छ । यो आन्तरीक मामाला हो ।

९. यहाँ पार्टीको स्कुलीन बिभाग प्रमुख हुनु भएछ । अबको स्कुलीन कस्तो खालको हुन्छ र  पाट के हो युद्ध की शान्ती   ?
धेरै महत्वपुर्ण कुरा हो यो पार्टी जिवनका लागी अनिवार्य छ ।  यसले पाटीलाई जिउदो राख्नामा मद्धत गर्छ । बैचारीक राजनैतीक दृष्टीले पार्टी बलियो हुना र क्रीयाशील बनाउन पनि चाहान्छँैाँ । कसौटीमा खडा गर्न स्थापना भएको बिभाग हो । यसले पाटीलाई कार्यदिशामा जनता कार्यकता र पाटीलाई सुदृढ बनाउदै लैजान मदत गर्छ । दराजमा थन्केको दर्शनलाइ जनतासामु पुयाउने माध्याम हो । यो बिभाग पाटीपंक्ती र  बिचारलाई थप समृद्ध र बलियो  बनाउन लागीपर्ने छ । आन्तरीक पक्षलाई मजबुत बनाउन स्थापना भएको बिभाग हो ।
१०.तपाँईहरु राजावादीहरुसंग सहकार्य गरेर फेरी राजसंस्था सहितको ब्यबस्था ढल्काउने  तयारीमा हुनुहुन्छ रे  त हो   ?
यो कुरा सोरै आना बकम्फुसे तर्क हो । यो उल्टो प्रश्नाहो यो काँसेस एमाले र एमाओबादीहरुले गर्न चाहान्छन । छिमेकी राष्टको प्रधानमन्त्री भाजपा का नेता मोदीको इसारामा काँग्रेस भित्रका केही नेताहरु मिलेर राजसंस्था फर्काउन चाहान्छन उनिहरु त्यारीमा छन । देशी बिदेशी शक्तीहरुको चलखेल चलीरहेको छ यसैका लागी ।यो प्रतिगमनलाई बिउताउने प्रबृतीका बिरुद्ध नेपाली जनतालाइ सचेत हुना अनुरोध  गर्दछौँ ।

११. अन्तमा के भन्न चाहानुहुन्छ  ?
अन्तमा आम मुक्तकामी जनसमुदायहरुलाई हामीले क्रान्तीको झण्डालाई सहयोग र साथ दिना हार्दीक अपील गर्दछु । र नेपालमा क्रान्ती संभब छ र क्रान्तीले मात्रै मुक्ती संभबछ भन्ने कुरा प्रष्ट पार्न चाहानछु । र नेपालबाट बिश्व सर्बहारा बर्गको लागी क्रान्तीको ढोका खुल्ने छ  र सिंगो मुलुक अधिकार सम्पन्न हुनेछ त्यो कुरा क्रान्तीबाट मात्रै संभब छ ।भन्ने कुरा प्रष्ट पार्दै म क्रान्तीमा गोलबन्द हुना अनुरोध गर्दछु ।