फिचर

घाइतेलाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइँदै, दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानाको मृत्यु भएको पुष्टि

अनलाइन नेपालगंज

शुक्रबार, १४ फाल्गुन २०७२
काष्ठमण्डप एयरको जहाज दुर्घटनामा घाइेत भएका यात्रुलाई हेलिकोप्टरमा नेपालगञ्ज ल्याइने भएको छ।
अहिले घटनास्थल कालिकोटको चिलखायामा श्री एयरको हेलिकोप्टर पुगिसकको र घाइतेलाई हेलिकोप्टरमा राख्ने काम भइरहेका  कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
दुर्घटनामा घाइते भएका ९ जना यात्रुलाई नेपालगञ्ज ल्याउन  लागिएको हो।
जहाजका चालक र सहचालकको दुर्घटनामा परी निधन भएको छ।
kalikot plane crash-onlinenepalgunj

विमान दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानाको मृत्यु भएको छ