मनोरञ्जन

​सञ्जय दत्त,जेलबाट रिहाई

अनलाइन नेपालगंज

शुक्रबार, १४ फाल्गुन २०७२

काठमाडौं, १३ फागुन– भारतीय सिन जगतका नायक संजय दत्त भारतको यरवडा जेलबाट बिहीबार रिहाई भएका छन् । पाँच वर्षको सजाय पुरा गरी उनी रिहा भएका हुन् । उनी जेलबाट रिहाई हुँंदा उनका आफन्त सहित चर्चित कलाकार एवं समर्थकहरुको ठूलो संख्या जेल परिसरमा उपस्थित थिए ।

५६ वर्षिय दत्त सन २०१३ को मे महिनामा जेल परेका थिए । उनी सन २००७–०८ सालको विच १८ महिना जेल बसेका थिए ।

sanjay dutta

सन २०१३ मा सर्वोच्च अदालतले पाँंच वर्ष जेल सजाय सुनाएको थियो । संजयकी छोरी त्रिशाला हाल अमेरिकामा छिन् । उनले आफ्ना बाबाको रिहाईमा सामाजिक सञ्जालमा लेखेकी छिन्,–उनी मेरा शेर हुन्,अब मेरो शेर पिंजाराबाट बाहिर निस्केर जंगलमा आउने छन् । म निकै खुशी र उत्साहित छु । ’ संजयकी पत्नी जेलको बाहिर भव्य स्वागत समारोह गर्न चाहान्थिन,तर जेल प्रशासनले त्यसका लागि अनुमति दिएन ।