फिचर

रबिन स्वाँर काजीको साँगितिक यात्रा

अनलाइन नेपालगंज

शुक्रबार, १४ फाल्गुन २०७२

कैलाली टिकापुरका गायक रबिन स्वाँर काजी भर्खरै नेपाली साँगितिक क्षेत्रमा प्रवेश गरेका उदयीमान गायक हुन ।

नेपाली पप संगीतमा केही नौलो दिन प्रयास स्वरुप भर्खरै “तिमी जहाँ  छौ” गीत लिएर श्रोता सामु उपस्थित भएका छन ।

तलको लिंकमा गायक स्वारँको गीत सुन्न तथा हेर्न सक्नुहुनेछ ।

“नसालु तिम्रो हेराई” ,”अमुल्य माया ” जस्ता गीतहरु सुदुर पश्चिम तथा मध्य पश्चिम का युवाहरु माझ लोकप्रिय पप गीतहरु हुन ।

दोस्रो गीत स्वरुप “तिमी नै मेरो पहिलो प्रेम ” बोलको गीत चाँडै बजारमा आउँदै छ । यस गीतको शुटिंग उनकै जन्मथलो कैलालीमा भईरहेको छ । मोफसलमा मात्र रहेर साँगीतिक क्षेत्रमा आफ्नो भबिश्य नदेखी काठमाण्डौ सम्म संघर्षरत गायक निकट भविश्यमै नेपाली पप संगीतमा स्थापित नाम हुनेमा बिश्वस्त छन ।