खेलकुद

फेरि चुक्यो, नेपाल सोझै विश्वकपमा छनोट हुन नसकने

अनलाइन नेपालगंज

बिहीबार, २८ माघ २०७२

kircet
२८ माघ, काठमाडौं । (१९ विश्वकप क्रिकेटको सातौं स्थानका लागि भएको खेलमा नेपाल नामिबियासँग १५ रनले पराजित भएको छ । हारसँगै नेपाल यू(१९ विश्वकपको अर्को संस्करणमा सोझै छनोट हुन असफल भएको छ ।
अब नेपालले छनोट चरण खेल्नु पर्नेछ । जितसँगै टप एशोसिएट टीम बनेको नामिबियाले भने २०१८ मा हुने यू(१९ विश्वकपमा स्थान बनाएको छ ।
बिहीबार नामिबियाले २२६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मैदान उत्रिएको नेपाल अन्तिम चार बल खेल्नु अघि २१० रनमा अलआउट भयो ।