लेख रचना

केटा हो बिहे नगर झमेला हुन्छ कोइराला

अनलाइन नेपालगंज

बुधबार, २७ माघ २०७२

sushil
२७ माघ, काठमाडौं ।  पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला को मंगलबार  निधन भयो । इमान्दार सालीन र लगनशिल नेताको छवि बनाएका कोइराला जिवन भर अविबाहित बसे।
राणाहरुको बिद्रोहदेखि पञ्चायत विरुद्धको लडाइँसम्म अधिकांश कांग्रेसी नेताहरुको बसोबास हुने ठाउँ भारतको बनारस बस्दा बेलाबेलामा कांग्रेसका अर्का नेता कृष्णप्रसाद भट्टराई पनि पुग्थे र बेला बेला भन्ने गर्थे ‘केटा हो, मैले त बिहे नगरेर गल्ती गरे तिमीहरु जीवन त्यसै खेर नफाल, बिहे गर ।’ अनि सुशील जवाफ फर्काउथे ‘बिहे गर्ने होइन, झमेला हुन्छ ।’
बहुदल आइसकेपछि पनि धेरैले कोइरालालाई बिहे गर्न सम्झाए तर उनको जवाफ हुन्थ्यो ‘झमेला’ हुन्छ । अन्नपूर्णमा समाचार छ ।