समाचार

सुशीलको निधनले लक्ष्मी पनि शोकमग्न

अनलाइन नेपालगंज

बुधबार, २७ माघ २०७२

koirala
नेपालगन्ज २७ माघ
कोइरालाको निधनले गृहजिल्ला बाँके यतिबेला शोकमा डुबेको छ । उनको मृत्युको खबरसँगै नेपालगञ्जको सुर्खेत रोडमा रहेको कोइराला निवासमा कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति देखिएको छ । सुशील कोइरालाका बाँकेका हितैषी तथा विश्वासका पात्र लक्ष्मीनारयण साह यतिबेला शोकमग्न छन । कोइराला गृहजिल्ला आउँदा आफ्ना विश्वासपात्र लक्ष्मीनारायण साहकै ग १ च ३३९५ नम्बरको कालो गाडीमा चढ्ने गर्थे । साह शनिबार बिहान कोइराला निवासबाहिर सुर्खेतरोडमा शोकमग्न तथा चिन्तीत अवस्थामा उभिएका थिए । र भन्दै थिए सुशील कोइरालाको निधनले सिगों देशले एक ईमान्दार तथा सालीन नेता गुमाउनु पय्रो देशले एक बलियो खम्बा गुमाउनु पय्रो । कोइराला नेपालगञ्ज आउँदा कान्छाभाइ विजय कोइरालाकै घरको माथिल्लो तलाको दाहिने कोठामा बस्ने गर्थे । सुशीलको आफ्नो निजी घर छैन । पटक पटक फोनको घन्टी बजेपछि उठाउँदा उहाँको स्वास्थ्य अवस्था बिग्रिएको जानकारी पाएँ,’ भाई बिजयले भने, ‘पसिना आएको भन्ने खबर आयो, अस्पताल लैजानू भनेर बाथरुम गएँ, फर्केर आउँदा फेरि फोन आयो, त्यो फोनमा हामीलाई छाडेको दुःखद खबर आयो, रातको १ बजेको रहेछ, म बिहान भयो होला भनेर मर्निङवाकमा पो जान सोच्दै थिएँ ।