समाचार

यसरि रुवाए दर्शकलाई बद्रि पंगेनीले नेपालगन्जमा

अनलाइन नेपालगंज

मंगलवार, २६ माघ २०७२

BADRI
माघ ,२६ नेपालगन्ज नेपालगन्जमा जारी मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सव मा कलाकार बद्रि पंगेनीले गीत गायर दर्शकहरुलाई धुरुक्कै रुवाय केहि दिन यता चलिरहेको महत्सोबमा पंगेनीले सुरुमै अहिलेको सालमा आमा घर आउदिन भन्ने गित गाउदा दर्शक हरुको आखामा आसु आएको थियो ।

मन थिएन जोगी बन्नलाई‘हात हेराउदा ज्योतिसिले राम्रै हुन्छ भन्थे भन्नलाई‘ गाउदात झन् भिड थामी नशाकिनु भै सकेको थियो ।प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । भने त्यसैमा पंगेनीले कसरी मन बुझाउने मैले खै कल गरेर मेरा हजुर श्रीमति पोईला गै भन्ने ‘गीतले त झन् गडगदाहत ताली बजिरहेको मात्रै थियन भिड उर्लिरहेको थियो ।

खान्न मत कुक्यायो कुक्यायो ।लगायतका गित गाएर दर्शकलाई नचाएका थिए । चर्चित गायिका तथा उद्घोषिका मन्जु पौडेलले पनी आफ्ना चर्चित गितहरु गाएर दर्शहरुलाई मनोरञ्जन प्रदान गरेकी थिईन

बिदाको दिन भएकाले पनी महोत्सवमा दर्शकहरुको ओइरो लागेको थियो । नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा प्रस्तावित बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ क्षेत्रिय महोत्सव आयोजना गरिएको हो ।

मेलामा बाल उद्यान पनि प्रमुख आर्कषणको केन्द्रबिन्दु बनेको छ ।नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन कार्यालय परिसरमा सुरु क्षेत्रीय महोत्सवमा मध्यपश्चिमाञ्चलको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटी र मौलिक कला सम्बद्र्धन लक्ष्य राखिएको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।