समाचार

मुक्तकम्लहरीहरुलाई ब्यावसायीक तालिम

अनलाइन नेपालगंज

सोमबार, २५ माघ २०७२

रेखा मगर
दाङ, २५ माघ । दाङ सहीत मध्य र सुदुर पश्चिमका जिल्लाका मुक्त कम्लहरीहरुलाई सामाजिक र आर्थिक रुपमा सक्षम वनाउन वाख्रापालन सम्वन्धि सिप प्रदान गरिएको छ ।
रोटरी क्लव अफ पाटनको आर्थिक सहयोग, यूथ फाउण्डेसनको ब्यवस्थापनमा राप्ती प्राविधिक शिक्षालय लालमटीया देउखुरीमा मध्य र सुदुर पश्चिमका ५ जिल्लाका २० जना मुक्त कमलहरीहरुलाई ३ सय ९० घण्टाको ब्यावसायीक तालीम प्रदान गरिएको हो ।
यसरी तालीम प्राप्त गरेका मुक्त कमलहरीले ब्यवसाय सुरुवात गर्न १२ हजार रुपैयाँ सहयोग पाउने यूथ फाण्डेसनका कार्यक्रम संयोजक फकला चौधरीले वताएका छन् । १५ वर्ष अघि देउखुरीको गोवरडिहा स्थित खैरा गाउँ वाट कमलहरी मुक्ती अभियान सुरु भएको थियो ।
यो विचमा अर्काको घरमा काम गर्न वसेका १२ हजार ७ सय वालीका मुक्त भएका छन् । अझै ३ सय वालीका मुक्तीको पर्खाइमा छन् । तर, यी वालीकालाई परिवार र समाजमा सार्थक पुर्नस्थापनाकालागी उनिहरुलाई स्वरोजगार र आत्मनिर्भर वनाउनुपर्ने सरोकारवालाको भनाई छ ।