राजनिति

किराना पसलमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गयो ।

अनलाइन नेपालगंज

सोमबार, २५ माघ २०७२

बर्दीया  २५माघ
बर्दीया एक किराना पशलमा आगलागी हुँदा दु्ई बालबालीकाको ज्यान गएको छ ।
बर्दियाकै पशुपतीनगर घर भई हाल पाताभारमा  किराना व्यपार गरी बस्ने भवानीप्रसाद न्यौपानेको किराना पसलमा हिजो रातीआगलागी हुँदा उनका एक छोरा र एक छोरीको ज्यान गएको हो ।

न्यौपानेका ८ वर्षका छोरा घनश्याम र चार वर्षकी छोरी  स्वस्तीका न्यौपानेको जलेर ज्यान गएको प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।
न्यौपानेकी श्रीमती कोपिलासामान्य घाइते हुनु भएको छ । भने आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको  छ ।