राजनिति

किशोरीकोे सामूहिक बलात्कारपछि हत्या

अनलाइन नेपालगंज

बुधबार, ६ माघ २०७२

रुकुम खोलागाँउकी एक किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जंगलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी किशोरीको हत्या भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो ४ बजेतिर दाउरा लिन गएकी किशोरी राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गदै जाँदा जंगलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । पोष्टमार्टमका लागी मंगलबार जिल्ला अस्पताल जाजरकोट ल्याइएको थियो ।

किशोरीको बलात्कारपछि हत्या भएको डा. दीपक पुनले बताउनुभयो । शवको अवस्था हेर्दा हातखुटा बाँधेर सामूहिक बलात्कार गरेर हत्या गरेको हुन सक्ने डा. पुनको भनाई छ ।

किशोरीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरुले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताउनुभयो । शाहले फोनमा धम्की दिनेले नै किशोरीको हत्या गरेको दाबी गर्नु भयो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताउनुभयो ।