राजनिति

मिस नेपालगंज हुदै

अनलाइन नेपालगंज

बिहीबार, ९ पुष २०७२

आज नेपालगंजमा मिस नेपालगंज आयोजना हुदै छ । एक्स-जेनेरेसन नामक संस्थाले छाप्रोमा स्टुडियो काठमाडौंको सहकार्यमा “मिस नेपालगञ्ज ०१५” पौष ९ गते बिहिबार उक्त कार्यक्रमको आयोजना गरेको हो l
यस समूहले सन् २००६ को शुरुवात देखी नै नेपालगञ्जमा सद्भाव, मनोरञ्जन, सञ्चार, सामाजिक कार्य इत्यादीलाई आफ्नो कार्यक्षेत्र बनाएर विभिन्न कार्यक्रम तथा अवसरहरूको आयोजना गर्दै आएको छ। एक्स-जेनेरेसनले विगतमा मिस नेपालगञ्ज ०११, मिस नेपालगञ्ज ०१२, मिस लिटल भेरी ०१२, स्प्ल्याश ग्राइन्ड ०१५ लगायत अन्य विभिन्न साना ठुला कार्यक्रमहरूको आयोजना गरीसकेको छ।
“Behold the treasure of beauty in you” भन्ने नाराका साथ आयोजना हुने मिस नेपालगञ्ज ०१५ सञ्चालक समूह अन्तर्गत कार्यक्रम संयोजक एवं निर्देशक संयोग जंग शाह, मार्केटिङ् डाइरेक्टर सुदीप श्रीवास्तव, सृजना निर्देशक रतन कर्ण, औपचारिक फोटोग्राफर सत्यम जोशी, कोरीयोग्राफर रेनायशा थापा; निरिक्षा श्रेष्ठ –संयोजक रहेका छन्।
miss nepalgunj 2015
कार्यक्रम बिहिबार दिउसो २ बजे देखि नेपालगंजस्थित भेरी प्राबिधिक शिक्षालयमा हुने छ ।
यस प्रतियोगितामा १६ देखी २४ वर्ष उमेर समूहका महिला प्रतियोगीले प्रतिस्प्रधा गर्नेछन। सो कार्यक्रममा सहभागीहरूले व्यक्तित्व विकास, सामाजिक कार्य, सञ्चार माध्यम तथा अन्य विभिन्न विधाहरूमा दक्षता हासिल भएका वरिष्ठहरू द्वारा तालिम प्राप्त गरिसकेको आयोजकले जनाएका छन् । उत्कृष्ट प्रतिस्प्रधी को चयनः शैली, प्रस्तुती, सामाजिक कार्यमा संलग्नता, प्रश्नोत्तर आदिका आधारमा निर्णायक मण्डल द्वारा गरिनेछ र मिस नेपालगञ्ज ०१५ को उपाधी प्रदान गरिनेछ। विजयी सहभागीहरूलाई कार्यक्रमको अन्त्यमा आकर्षक उपहार प्रदान गरिनेछ। साथै छाप्रोमा स्टुडियो बाट बनाइने फिल्महरूमा अभिनयको अवसर प्रदान गरिनेछ।
निर्णायक मण्डलमा सहाना बज्राचार्य , हसन रजा खान , दिपेन्द्र श्रेष्ठ , अवध राज शर्मा र बिनोद अग्रहरी रहेको जनाइएको छ ।
यो बर्ष आयोजना गर्न लागिएको कार्यक्रममा फेशन भन्दा प्रतियोगीहरुको प्रतिभामा बढी जोड दिइने संस्थाका निर्देशक संयोग जङ्ग शाहले बताएका छन् l फेशन शो भन्ने बितिक्कै समाजले पनि नकारात्मक ढंगले लिई दिने हुनाले यस्तो कार्यक्रमलाइ निरन्तरता दिन गार्हो भएको शाहले बताएका छन् ।
यस्तै छाप्रोमा समुहका क्रिएटिभ डाइरेक्टर रतन कर्णले यस्ता प्रतियोगिताले युवतीहरुको आफ्नो पनि प्रतिभा प्रस्फुटन हुने र सौन्दर्य जगतमा राम्रो स्थान ओगट्न सफल हुने बताएका छन् l बिशेष गरेर बिज्ञापन र म्युजिक भिडियोहरुमा यस्तो प्रतियोगितामा सहभागी भएकाहरुले छिट्टै काम पाउन सक्ने पनि उनले जनाएका छन् l
फोटोग्राफर सत्यम जोशी भने यो इभेन्टबाट आफु पनि उत्साहित भएको र केहि गरेर देखाउन चाहने युवतीहरुको लागि पहिलो खुड्किलो हुन सक्ने बताउछन । उनले यो इभेन्ट सफल बनाउन सबैसंग सहयोगको अपेक्षा गरेका छन् ।
कार्यक्रमको मिडिया पार्टनरको रुपमा रेडियो एक्सप्रेस एफएम ८८.४ मेगाहर्ज र स्थानिय भिजन टिभी रहेको छ । कार्यक्रम संचालन आरजे समिर श्रेष्ठ र करुणा शाहले गर्दै छन् ।