समाचार

झापा सम्पर्क समाजमा रिमाल

अनलाइन नेपालगंज

सोमबार, २१ मंसिर २०७२

काठमाडौं । झापा जिल्लाबाट काठमाडौं आएर सक्रिय रहेका राप्रपा नेपालका कार्यकर्ताहरुले बसन्त रिमालको अध्यक्षतामा झापा काठमाडौं सम्पर्क समाज गठन गरेका छन् । राप्रपा नेपालको केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार बसेको भेलाले रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । राप्रपा नेपालको महामन्त्री राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका नेता राम थापा लगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति थियो । पार्टीको भ्रातृ संगठनका रुपमा रहेको यो समाजको उपाध्यक्षमा भने सबिता पोखरेल, गोपाल चुडाल, काजी बहादुर राउत रहेका छन् ।

sabita pokharel
त्यसैगरी सचिवमा कुमार बस्नेत, कोषाध्यक्षमा पवित्र बुढाथोकी रहेका छन् भने सदस्यहरुमा संगीता राणा, चन्द्रकला चुँडाल, उषा गुरुङ, सन्दिप बास्तोला, गगन पोखरेल, खेमराज प्रसाईं, उदय ओझा, रविन्द्र पाण्डे, घनश्याम पौडेल, गणेश बुढाथोकी, नारायण कार्की, लिलाकुमार खतिवडा, रमेश बस्नेत, कुमार भट्टराई, महेन्द्र थापा, मिरादेवी चुडाल, रेखा पूरी, भूमिका भण्डारी, डम्बर कार्की, नेगा बस्नेत, भूपाल बस्नेत, सुरेन्द्र दीप रहेका छन् ।

sabita pokharel1
नवनियुक्त पदाधिकारीहरुलाई राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले अबिर र खादा ओढाएर पार्टीमा सक्रिय रहन आशिर्वाद दिएका थिए । सबै कार्यसमितिका सदस्यका तर्फबाट उपाध्यक्ष सविता पोखरेलले सभालाई सम्बोधन पार्टीको विचार, सिद्धान्तअनुसार कार्यसमितिका सबै सदस्यहरु समाजका हरेक क्षेत्रमा सक्रिय रही देश विकासका क्षेत्रमा सक्रिय रहनु पर्ने बताउँदै पार्टीको विधानअनुसार काम गर्ने प्रतिबद्धता गरेकी थिइन् । त्यस्तै पोखरेलले झापा काठमाडौं सम्पर्क समाजले वास्तवै पार्टीको विधानमा रहेर समाजको गतिविधिमा सक्रिय रहनुपर्ने धारणा राखेकी थिइन् ।

jhapali rppn