फिचर

दशगजाबाट पेट्रोल बम प्रहारपछि नेपालगन्ज नाका बन्द

अनलाइन नेपालगंज

मंगलवार, १५ मंसिर २०७२

मंसिर १५, २०७२- गएराति दशगजामा ढुंगा हानाहान र पेट्रोल बम प्रहार भएको भन्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालगन्ज-रुपैडिहा नाका आउजाउ गर्न रोक लगाएको छ । धर्नाका लागि मोर्चाले दशगजामा गाडेको टेन्ट हटाउने क्रममा मोर्चा र प्रहरीबीच झडप भएको थियो ।

राति करिब ८ बजेबाट दोहोरो झडप सुरु भएको थियो । प्रहरीले दशगजामा गाडिएको आन्दोलनकारीको टेण्ट कब्जामा लिने प्रयास गरेपछि झडप आएको हो । उनीहरुले आधाघण्टाको प्रयासपछि टेण्ट कब्जामा लिन सफल भएका थिए । त्यसपछि आक्रोसित मोर्चा कार्यकर्ताले प्रहरी माथि लगातार एकघण्टासम्म ढुंगा र पेट्रोल बम हानेका हुन् । ६ वटा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।

nepalgunj

सोमबार राति ८ बजेदेखि करिव डेढ घण्टासम्म दशगजामा भएको उक्त घटनाले असुरक्षा बढेको भन्दै एसएसबीले नाकामा कडाई गरेको हो । उक्त घटनापछि एसएसबीले सवारी आउजाउ बन्द गरेको सीमास्थित इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ । जमुनाहा प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक बिष्णु गिरीले उक्त घटनापछि इन्धन भर्ना जाने ट्यांकर र मालबाहक गाडीहरुले प्रवेश नपाएको बताए । नाका खोल्नका लागि माथिल्लो आदेश कुरिरहेको एसएसबीले जनाएको छ ।

ढुंगा हानाहान र पेट्रोल बम प्रहारपछिलाई चोट लागेको छ । ५ प्रहरी एक दर्जन आन्दोलकारीहरुलाई पनि चोटपटक लागेको मोर्चाका सह-प्रवक्ता रामकुमार दिक्षितले बताए ।