अन्तराष्ट्रिय समाचार

अमेरिकामा आक्रमणकारी हमला : ३ जनाको मृत्यु, दर्जनौँ घाइते

अनलाइन नेपालगंज

शनिबार, १२ मंसिर २०७२

अमेरिकामा आक्रमणकारीले प्रहरीमाथि गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ भने दर्जन भन्दान बढी ब्यक्ति घाइते भएका छन् । अमेरीकाकाको कोलोराडोमा भएको उक्त हमलामा पाँच जना सुरक्षाकर्मी सहित १ दर्जन मानिस घाइते भएको बिबिसीले जनाएको छ ।

_86925743_030332713

 

बिबिसका अनुसार कोलोराडोको एक परिवार नियोजन क्लिनिकमा लुकेर बसेका आक्रमणकारीले प्रहरीमाथि गोली चलाएसँगै केही बेर दुवैपक्षबिच दोहोरो भिडन्त भएको थियो । केही आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।