खेलकुद

गणेश थापा भ्रष्ट्राचारी ठहर , फिफाद्धारा १० वर्ष प्रतिबन्ध र २१ लाख जरिवानाको निर्णय

अनलाइन नेपालगंज

मंगलवार, १ मंसिर २०७२

काठमाडौं, कार्तिक ३० । अखिल नेपाल फुटलब संघ एन्फाका विवादास्पद अध्यक्ष गणेश थापा भ्रस्ट्रचारमा संलग्न भएको पुष्टि गर्दै विश्व फुटबलको सर्वोच्च संस्था फिाफाले दश वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समिति र एसियल फुटबल कन्फेडेरेसन ९एएफसी० को चुनाबमा थापाले पारिवारिक लाभ पुग्ने गरी घुस लिइ भ्रस्ट्राचार गरेको आचार संहितासम्बन्धी कमिटीले ठहर गरेको हो।

फिफाको विधानविरुद्ध घुस लिएको पुष्टि भएसँगै थापालाई २० हजार स्विस फ्र्याङ्क ९करिब २१ लाख रूपैयाँ० जरिवाना गर्ने निर्णय पनि भएको छ।

ganesh-thapa

फिफाको अनुशासन समिति प्रमुख कर्नेल बब्र्लीद्वारा गठित छानवीन समितिले थापामाथि कारवाही निर्णय गरेको हो।

थापाले भ्रस्ट्राचार गरी अकुत सम्पत्ति कमाएको विषय चर्चामा आइरहेकै बेला गत भदौ १३ गते राप्रपा नेपालले उनलाई संसद सदस्यमा नियुक्ति गरेको थियो। गणेश राप्रपा नेपालका अध्यक्ष कमल थापाका आफ्नै भाई हुन्।

यसअघि संसदको सार्वजनिक लेखा समितिले गणेश थापाले ५८ करोड रूपैयाँ भ्रष्ट्राचार गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएको थियो। संसदीय समितिले एन्फा अध्यक्ष थापाले अनियमितता गरेको ठहर गरे पनि लोकमान सिंह कार्की प्रमुख आयुक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अनुसन्धान रोक्ने निर्णय गरेको थियो।

थापाविरूद्ध अख्तियारले अनुसन्धान नगर्नुमा थापा—कार्कीबीचको व्यक्तिगत पारिवारिक सम्बन्धलाई कतिपयले कारण ठान्ने गरेका छन्। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा कमल थापा गृहमन्त्री थिए भने कार्की सोही सरकारका मुख्य सचिव थिए। नागरिक