अन्तराष्ट्रिय समाचार

फ्रान्समा आतंकवादी हमला, १ सय ५०को मृत्यु

अनलाइन नेपालगंज

शनिबार, २८ कार्तिक २०७२

एजेन्सी २८ कार्तिक–फ्रान्सको राजधानी पेरिसका विभिन्न छ ठाउँमा गोली प्रहार तथा बम विस्फोटमा परी एक सय बढीको मृत्यु भएको छ ।

यो सँगै त्यहाँ राष्ट्रिय संकटकालको घोषणा गरि सेना परिचालन गरिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । अहिलेसम्म पाँच जना आक्रमणकारीको पनि मृत्यु भएको फ्रान्सका अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार राति साढे ९ भएको भएको उक्त घटनामा अहिले सम्म एक सय ५० जनाको मृत्यु भएको विविसीले जनाएको छ ।

आक्रमणको केन्द्रविन्दू आक्रमणकारीले एउटा कन्र्सटलाई बनाएका थिए । आक्रमणकारीले हल भित्र छिरेर दर्शकहरुलाई समात्दै गोलि हानेको जनाइएको छ।

paris attack 1

जवाफी कारवाही गरेर सुरक्षाकर्मीले कन्सर्ट हल नियन्त्रणमा लिएका छन्। नजिकै को एउटा रेष्टुरामा पनि हमला गरेर मानिसहरु माथि गोलि हानिएको छ भने एउटा रंगशाला अगाडि बम बिस्फोट गरिएको छ। सो रंगशालामा फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण फुटबल खेल भइरहेको थियो। आक्रमण पछि राष्ट्रपति फ्रान्सवा हल्याण्डले राष्ट्रिय बिपत्तिको घोषणा गरेर मुलुक भर सेना परिचालन गरेका छन्।

paris attack2

 

फ्रान्सका अन्तर्राष्ट्रिय सीमाहरु बन्द गरिएका छन्, पेरिसवासीलाई भरसक घर भित्रै बस्न आव्हान गरिएको छ। आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन। यसैबिच पेरिसमा भएको सो घटनाको बिश्बभर बिरोध भएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले फ्रान्सका भएको सो घटना कायरतापुर्ण भन्दै आफु र आफ्नो राष्ट्र फ्रान्सको पक्षमा रहेका उल्लेख गर्नुभयो । त्यस्तै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले घटनाप्रति स्तब्ध हुदै फ्रान्सलाई सहयोगका लागि तयार रहेको बताउनुभएको छ । घटनाको चीन, भारत लगायतका राष्ट्रले बिरोध गरेका छन् ।

paris attack3