फिचर

भारतीय नाकाबन्दीको ट्वीटरमा बिरोध

अनलाइन नेपालगंज

सोमबार, १६ कार्तिक २०७२

भारतीय नाकाबन्दीको बिरोधमा सामाजिक संजाल ट्वीटरमा नेपालीहरुले शसक्त बिरोध गरिरहेका छन् ।

बिभिन्न ह्यासट्यागको प्रयोग गरेर उनीहरुले भारतीय अपराधलाई अन्तराष्ट्रियकरण गर्न र भारतीय दादागिरीप्रति अन्तराष्ट्रिय मित्रहरु समर्थन जुटाउनसमेत सफल भएका छन् ।

ModiHimalayanBlunder

मोदी सरकारको यो कदमप्रति भारतभित्रै पनि बिरोध भइरहेको छ । यतिबेला भारतीय नागरिकहरुले नेपालमा भएको नाकाबन्दीको बिरोधमा ट्वीटर अभियान थालेका छन् ।

#ModiHimalayanBlunder नामक ह्यासट्यागको प्रयोग गरि यतिबेला भारतीयहरु नै मोदीको असफल नेपाल नीतिको बिरोध गरिरहेका छन् । भारतको असल मित्र नेपाललाई मोदीको नीतिकै कारण पेलेर चीनतिर पुर्‍याएको भन्दै ट्वीटर चिन्ता ब्यक्त गर्न थालिएको छ ।

भारतीयहरुको यो ट्वीटर अभियानमा नेपाली प्रयोगकर्ताहरु पनि मिसिएका छन् । जसले गर्दा मोदी सरकारले नेपालमा देखाएको दादागिरीको बिरोधमा नयाँ ह्यासट्याग भाइरल भएको छ ।