समाचार

उपराष्ट्रपतिमा पुन निर्वाचित

अनलाइन नेपालगंज

शनिबार, १४ कार्तिक २०७२

शनिबार संसदमा भएको उपराष्ट्रपति चुनावमा एकीकृत माओवादीका नेता नन्दबहादुर पुन विजयी भएका छन्।

चुनावमा खसेको कुल ५ सय ४७ मतमध्ये, माओवादीका पूर्व लडाकु कमाण्डरसमेत रहेका पुनले ३ सय २५ मत पाएको सभामुख ओनसारी घर्तीले संसदसमक्ष घोषणा गरिन्।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवले २ सय १२ मत प्राप्त गरे।

 

Nanda-Kishor-Pun

समर्थन

पुनलाई सत्तासाझेदार नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरुको समर्थन थियो।

यसअघि राष्ट्रपति र उपराष्ट्रपति दुवैजना मधेशी समुदायको भएपनि यसपटक भने दुवै फरक समुदायका भएका छन्।

पुनको विजयसँगै देशले नयाँ संविधानको भावना अनुसार फरक लिंग र समुदायको राष्ट्रपति र उपराष्ट्रपति पाएको छ।

आन्दोलनरत तराई केन्द्रित दलहरुले भने राष्ट्रपति चुनावमा जस्तै उपराष्ट्रपति चयनमा पनि भाग लिएनन्।