चलचित्र बागमतीको ट्रेलर सार्वजनिक गरिएको छ ।२ करोड नेपाली बजेटमा बनेको अहिलेसम्मकै सर्वाधिक महंगो नेपाली फिल्म ‘बागमती ‘को यस अघि सार्वजनिक गरिएको ट्रिजरले चलचित्रलाई एउटा सम्भावना बोकेको चलचित्र मात्रै हैन कि महानायक राजेश हमालको समेत कमब्यक हुने देखिएको छ ।
बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र बागमती पुष २४ गते बाट प्रदर्शनमा आउदै छ ।यस अघिको ट्रिजरमा महानायक राजेश हमाललाई मात्रै देखाए पनि अहिले सार्वजनिक ट्रेलर चलचित्रका मुख्य सबै कलाकारलाई देख्न सकिन्छ ।साउथ शैलीमा निर्माण भएको यस फिल्मलाई नेपालको महँगो नेपाली फिल्म मानिएको छ । उनीहरुले दक्षिण भारतीय फिल्मकै स्वादमा ‘बागमति’ बनाएका छन । जसकारण फिल्म चल्ने चौतर्फि सम्भावना देखिएको छ।यस फिल्मको पर्दामा देखिने कलाकार र केहि निर्माता बाहेक काम गर्ने सबै दक्षिण भारतीय हुन् । यसका निर्देशक सन्नी केरला दक्षिण भारतीय हुन् भने फिल्मको प्राविधिक काम पनि नेपाल बाहिरै गरिएको छ ।
फिल्ममा नेपाली कलाकारहरु राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ । रविकर प्रसाद घिमिरेले यसै फिल्मबाट हिरोको रुपमा डेब्यु गर्दैछन । फिल्मलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन